सिड्नीमा धुर्मुस सुन्तली साँझ, मुसहर बस्ती निर्माण जुट्यो १७ लाख

आइतवार, माघ ९, २०७३

loading...


काठमाडौं । पुर्ननिर्माणमा जुटिरहेका चर्चित हास्य कलाकार धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरे अहिले अष्ट्रेलियामा आयोजना भइरहेको कार्यक्रमहरुमा सहभागि भइरहेको छन् ।

उनीहरु अहिले महोत्तरीको मुसहर बस्ति निर्माणको सहयोगार्थ अष्ट्रेलियामा आयोजना भइरहेको धुर्मुस सुन्तली साझमा सहभागिता जनाइरहेका हुन् । शनिबार गजबको इभेन्टसद्वारा सिड्नीमा गरेको धुर्मुस सुन्तली साझबाट मुसहर बस्तीका लागि १७ लाख ४२ हजार ६ सय २५ रुपैयाँ संकलन भएको छ ।

सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो फेसबुकमा सिड्नीमा भएको कार्यक्रम र उठेको रकम बारे जानकारी गराएका छन् । उनले सबै सहयोगीहरुमा आभार प्रकट समेत गरेका छन् ।

1124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank