‘धुम–३’ छायांकनमा सुरु

आइतवार, जेष्ठ २०, २०७५

loading...


काठमाडौं । नेपाली कथानक चलचित्र ‘धुम–३’ को छायांकन सुरु भएको छ । जान्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुती रहेको चलचित्र ‘धुम–३’यही १७ जेष्ठबाट छायांकनमा आएको हो ।

चलचित्र ‘धुम–३’ आगामी भदौको २२ गतेबाट प्रदर्शनमा आउने कुरा निर्माण यूनिटले जनाएको छ । निर्माण यूनिटका अनुसार नेपाली हिम्दु नारीको महान पर्व तीजको अवसर पारि चलचित्र प्रदर्शनमा ल्याउन लागीएको बताएका छन् ।

चलचित्रलाई कलाकार तथा निर्माता, निर्देशक जयकिसन बस्नेतले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि बस्नेतले नै लेखेका हुन् । चलचित्रको कथालाई तुल्सी बास्कोटाले सम्पादन गरेका छन् ।

राजीव श्रेष्ठको छायांकन रहेको ‘धुम–३’मा टंक बुढाथोकीको गीत तथा संगीत, टंक बुढाथोकी रसुमन शंकरको स्वर, हिकाल केसीको द्वन्द, कबिराज गहतराजको नृत्य रहेको छ ।

चलचित्रमा जयकिसन बस्नेत, प्रज्वल गिरी, एलीना रायमाझी, सिमरन कार्की, लय संग्रौला, दिनेश डिसि, शोभित बस्नेत, बिष्णु सापकोटा ‘हर्के हल्दार’, उत्तम केसी, विपना बस्नेत, विपिन खत्री, रोशन फूँयाल, नरेश अधिकारी, माधव केसी, तेजा ऐर, रामजी राउत, ज्ञानकुमार कट्टेल, कृष्ण शिवाकोटी, सपना श्रेष्ठ, जिके श्रेष्ठलगायतको अभिनय रहने छ ।

निशान चिलुवालको निर्माण ब्यावस्थापनमा निर्माण हुँदै गरेको चलचित्र ‘धुम–३’लाई काठमाडौंमा केही दृष्य छायांकन गरिएको छ भने बाँकी दृष्यलाई मकवानपुरको दामन, कुलेखानी, तनहुँको भिमात, मनाङ, मुस्ताङ लगायत विभिन्न समणिय स्थानहरुमा छायांकन गरिने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata