पत्रकार दाहालको अर्काे देश भक्ति गीत बजारमा

सोमवार, जेष्ठ ८, २०७४

loading...


रुकुम । रुकुममा रहेर बिगत १३ बर्षदेखी पत्रकारिता गर्दै आएका पत्रकार धनवीर दाहालको अर्काे देशभक्ति गीत बजारमा आएको छ । दाहालले नयाँ नेपाल नामक गित हालै मात्र बजारमा ल्याएका हुन् । नयाँ नेपाल बनाउनलाई हामी सबै लागी पर्यौं, कसले गर्छ हामीले नगरे देश निमार्ण आफै गरौं ।

अव उठौं नेपाली, देश विकासमा जुटौं नेपाली भन्ने अत्यन्तै देशप्रेमी शब्दहरु गितमा समावेश गरिएका छन् । ऐतिहासिक जनआन्दोलन ०६२÷०६३ का घाइते पत्रकार दाहालले बिभिन्न राष्ट्रिय गितहरु तथा लोकगितका शब्दहरु लेखिसकेका छन् । उनले लेखेको हामी सबै नेपाली गितले चर्चा कमाइरहेको बेला फेरी अर्काे राष्ट्रभक्ति गित बजारमा ल्याएका हुन् ।

सौभाग्य डिजिटलको प्रस्तुती रहेको सो गितमा चर्चित गायक किरणबावु पुनले स्वर दिएका छन् भने शब्द दाहालले आफैले लेखेका छन् । नेपाल टेलिभिजन, नेपाल समाचार पत्र तथा रुकुमबाट प्रकाशित रुकुमेली विकास लहर मासिकका प्रधान सम्पादक रहेका दाहालले मायाको राजधानी, मध्यपश्चिमकै सिंगारु तथा हामी सबै नेपाली एवं पत्रकारिता क्षेत्र सम्बन्धी गितहरु पनि लेखेका छन् ।

उनका गितहरु मध्य हाल सम्म हामी सबै नेपालीले निकै चर्चा कमाएको छ । देशको समसामयिक परिस्थतीलाई समेटेर उनले यतिबेला नयाँ नेपाल नामक गित बजारमा ल्याएका छन् ।

2194 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank