आफ्नै मौलिकता बोकेको सुजन  र जोहेबको देउसी भैलो गीत सार्वजनिक

आइतवार, कार्तिक १०, २०७६

loading...


काठमाडौं । नेपालीहरुको महान चाड तिहारको अवसरमा गायक जोहेब मानन्धर र सुजन ढकालको झिली र मिलि साझको बेला देउसी रे गीतको भिडियो सार्बजनिक गरेका छन ।

मौलिक र परम्परागत शैलीमा तयार पारिएको देउसी गीतको शब्द र संगीत चर्चित गायक संगीतकार जोहेब मानन्धरको नै रहेको छ। अहिलेको समयमा मौलिकता हराइरहेको बेला गायकद्वयको यस गीतले सङीत प्रेमीहरुलाई आफ्नो नेपालीपन को आभास दिलाउने पक्का देखिन्छ।

बेजोड शब्द सङीत सङ्ग मिठो स्वरको समिश्रणले गीत मन मोहक बनेको छ भने भिडियोमा पनि त्यही परम्परागत शैलीमा निर्माण गरिएको छ । गीतमा मौलिक शब्दको प्रयोग र संगीत मादल , सारंगीको तालमेल एक्दम राम्रो सुनिएको छ ।

आफूलाई भर्सलस्टाईल गायक अनि संगीतकारको रुपमा चिनाउन्दै आएका गायक जोहेब मानन्धर हरेक पटक गीतमा नौलोपन पस्कन माहिर छ्न अर्का नवगायक सुजन ढकाल अहिले युबा पुस्ता माझ चर्चित गायक हुन पप शैलीका गीतहरु गाउने गायकद्वयको यो देउसी गीतले तिहारको भावना लाई प्र्कट गर्न सफल भएका छ्न। गीतको अरेन्ज्मेन्ट चर्चीत एरेन्जर सन्दिप कार्कीले गरेका छ्न भने मिक्स्सिङ रेकर्डिङमा पिक स्टुडियो दिनेश राजबहाक छ्न।

अखिल बास्तोलाको सिनेमाटोग्राफी र माधब बेलबासेको सम्पादन रहेको भिडियोको डाइरेक्सन माधब अधिकारीले गरेका हुन।

यस्ताे छ गीत 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata