गायक दिपक थापा मगरको “आत्महत्या” गीतको भिडियो सार्वजनिक

सोमवार, चैत्र १२, २०७४

loading...


काठमाडौं ।  गायक दिपक थापा मगरको “आत्महत्या” गीतको भिडियो सार्वजनिक भएकाे छ ।  मान्छेको जिवन पनि कतिपय अवस्थामा आफै देखी आफै हरेस खाँदो रहेछ । मृत्युलाई अगाँल्ने अवस्था सम्म मानिस पुग्दो रहेको छ । आफनो शुभचिन्तकको अभावमा मन भौतारिनु स्वभाविक कुरा पनि हो ।

मानिसले हरेक समस्यासंग जुध्न सिक्नु नै जिवनको सार्थकता हो । नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ ।

प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा दिपक थापा मगरको लोकदोहोरी गीत आत्महत्या बजारमा आएको छ । गायक दिपक थापा मगर र गायिका अम्विका बाँनियाको सुमधुर आवाज रहेको छ गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ ।

आफुलाई माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएको छ । आत्महत्यामा रमेश श्रेष्ठको शब्द तथा मिन बहादुर नेपाली र दिपक थापा मगरको संगित रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय महिला निर्देशक बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् । सागर गौत्तमको छायाँकन , अभिनास डिसीको सम्पादन रहेको भिडियोमा दिपक थापा मगर र सविता खड्काको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।

157 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank