डेविड शंकरको ‘आईकम बिकम’ (भिडियो सहित)

बुधबार, चैत्र ९, २०७३

loading...


काठमाडौं । सुगम संगीतका स्थापित गायक डेविड शंकर एउटा नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

आफ्नै शब्द, संगीत तथा स्वरको ‘आईकम बिकम…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानलमार्फत एकै साथ प्रिमियर गरिएको हो । यो गीत गायक डेविड शंकरको दोस्रो एकल एल्बममा समावेश छ ।

गोपाल रसाइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । गायक डेविड शंकरद्वारा नै अभिनय गरिएको उक्त भिडियोका सम्पादक तथा छायांकार पनि फराज अर्पण नै हुन् । भिडियोमार्फत नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको छ ।

शैक्षिक बेरोजगारका कारण नेपाली युवा अझै पनि विदेशिन बाध्य छन् भन्ने सन्देश बोकेको भिडियोले कम समयमै दर्शकको मन जितेको छ । फार अवे इन्टरटेन्मेन्टले निर्मँण गरेको उक्त भिडियोलाई हाइलाइट्स रेकर्ड्सले यूट्युवमा रिलिज गरेको हो ।

गायक डेविड शंकर पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् ।  २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर सांगीतिक क्षेत्रमा सक्रिय भएका गायक शंकरले २०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि जितेपछि पछाडि फर्किएर हेर्नु परेको छैन ।

उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ सालमै बजारमा आएको थियो भने दोस्रो एकल एल्बम नया“ वर्षको अवसर पारेर सार्वजनिक हुने क्रममा छ ।

403 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank