आँशु खसाल्ने मुभी लिएर आईन ज्योत्सना

सोमवार, फाल्गुन ३०, २०७३

loading...


काठमाडौँ । नेपाली समाजमा पुरुषका कारण घर न घाटको अवस्थामा पुगेका धेरै महिलाहरु छन् । एउटा पुरुष महिलालाई माया गरेको नाटक गर्छ । उसको जवानीसंग मज्जाले खेल्छ । तर जतिबेला ति महिलालाई उसको गतिलो साथको आवश्यकता हुन्छ, त्यति नै बेला छोडेर हिड्छ । माया गर्ने नाममा एउटा पुरुषको नासो पेटमा हुर्काउँदा समाजले पुरुषलाई भन्दा पीडित महिलालाई नै दोषी देखाउँछ । यसरी तीनै पीडित आमाको कोखबाट जन्मिएको बच्चाले पनि ठुलो भएपछी त्यसरी नै महिलालाई दुख दिन्छ ।

नेपाली महिलाहरुको यही पीडालाई तीन मिनेटको पर्दामा उतारेकी छिन, २१ वर्षिया युवती ज्योत्सना सिंह ठकुरीले । फिल्ममा उनले पीडित आमाले आफ्नो बिग्रीएको छोरालाई सम्झाएर ठिक बाटोमा ल्याएको समेत उतारेकी छिन । डिसिए नेपाल सर्ट फिल्म कम्पिटिशनका लागि उनले निर्माण तथा निर्देशन गरेको ‘अगेनेस्ट दी अल अड’ मा यि सबै घटनाहरुको सिलसिलेवार प्रस्तुती रहेको छ ।

आयोजकले पेश भएका ११ मध्य ज्योत्सनाको फिल्मलाई पनि राखेको छ । फेसबुक र ट्वीटर लाईक्स, सेयर र रिट्वीटका आधारमा पचास र मुल्याङकन कमिटिले पचास अंकको मुल्याङकन गर्ने छन् । निर्देशक ज्योत्सनाले आफ्नो डिसिए नेपालको १३१ नम्बरको भिडियोमा गएर लाइक र सेयर गरिदिन आग्रह गरिन ।

1371 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank