यस्तो छ ‘दर्पण छाया २’ मा रहेको मारुनी गीत

सोमवार, मंसिर २०, २०७३

loading...


काठमाडौं, २० मंसिर तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘दर्पण छाया २’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ ।
चन्दन लोम्जेलको संगीत रहेको ‘आकाशैमा खुलेको जुन’बोलको मारुनी गीत उसले सार्वजनिक गरेको हो ।

गीत राजेशपायल राई र मेलिना राईको स्वर छ । छेदुप लामाको नृत्य निर्देशन गरेको गीतमा निर्देशक घिमिरे सहित पुष्पल खड्का, साहारा, भारती घिमिरे, फिरोज तिमल्सिना लगायतको अभिनय रहेको छ ।

चलचित्रमा शेर बहादुर गुरुङ, जीवन आचार्य, सुमन घिमिरे, तुफानघले, रोशी केसी, सरिना पौडेल समेतको अभिनय छ । चैत २७ गते रिलिज हुने चलचित्र डा. लोम्साङ लामाको प्रस्तुतिमा साबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।

1042 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank