बिहे भाको छैन, कुमारी पनि होइनः मोडल अनु

बुधबार, साउन २३, २०७५

loading...


इलाममा जन्मेर काठमाडौँमा संघर्षरत छिन्  मोडल तथा डान्सर अनु राई । अनुले कलाकारिता क्षेत्रमा थुप्रै काम गरिन तर हिट भने हुन सकेकी छैनिन् । यिनै कलाकार राईसँग नेपालपाटी डटकमले गरेको कुराकानी ।

anu rai बिहे भाको छैन, कुमारी पनि होइनः मोडल अनुकसरी लाग्नुभयो कलाकारिता क्षेत्रमा ?
कलाकारिता क्षेत्रमा लाग्ने चाहना सानैदेखि थियो । स्कूलमा गीत गाउँने, नाच्ने गर्थे । त्यसरी अगाडि बढ्दै जाँदा यहाँसम्म आइपुगेकी हुँ ।

तपाईले अहिलेसम्म कतिवटा गीत गाउनुभयो, कति वटामा अभिनय गर्नुभयो र कति वटामा डान्स गर्नुभयो ?

मैले अहिलेसम्म व्यवसायिक रुपमा आएको छैन, गुनगुनाएकी मात्र हुँ । अव चाहिँ व्यवसायिक रुपमा अगाडि बढ्न खोज्दैछु ।  आफूलाई विस्तारै गायन क्षेत्रमा अब्बल बनाउँदै छु । करिव २ सय वटा जती  म्युजिक भिडियो  भयो होला । डान्स पनि धेरै नै गरेकी छु ।

तपाईँको खास रुची चाहिँ गाउने, डान्स गर्ने वा अभिनय गर्ने कुन हो ?
मेरो रुची सवैमा हो । तर, पछिको सोचाइ भने गायन नै हो ।

तपाईको कलाकारिता जीवनमा बिर्सन नसक्ने कुनै घटना छ ?
अहिलेसम्म त्यस्तो छ कुनै पनि घटना भएको छैन् ।

कलाकारितामा लागेपछि सवैभन्दा दुःख पाएको क्षण कुन हो ?
एउटा गीतको सुटिङमा गएको बेलामा अचानक विरामी परेकी थिएँ । सुटिङ छोडेर अस्पताल जानुपर्ने अवस्था बन्यो । त्यही बेला साह्रै दुःख लागेको थियो ।

सवैभन्दा खुःसी भएको क्षण चाहिँ ?
जीवनमा पहिलो पटक क्यामरा फेस गर्न पाउँदा खुःसी भएकी थिएँ ।

कलाकारिता क्षेत्रमा लभ र सेक्सका कुरा धेरै हुन्छन नि किन होला ?
खोई ! त्यस्तो चाहिँ खासै मलाई थाहा भएन ।

समाचारहरु त आइहरेका हुन्छन नि ?
समाचार त आउँछन, तर मलाई त्यति थाहा भएन ।

बिहे चाहिँ कहिले गर्ने सोच छ ?
पहिलो अरिअर बनाऔँ, त्यसपछि बिहेको बारेमा सोचौँला ।

तपाईको विचारमा चाहिँ लभ के हो ?
मेरो विचारमा लभ भनेको एउटा मान्छेलाई मान्छेले गर्ने हो । जीवनमा सवैले सवैलाई लभ गर्छन ।

तपाई चाहिँ विशेष लभमा पर्नुभएको छ कि छैन ?
पहिला थियो तर अहिले छैन् । तर, मान्छेलाई अव त्यति विश्वास गर्दिनँ ।

कति वर्षको उमेरमा पहिलो लभ परेको थियो ?
त्यस्तै २२ वर्षको उमेरमा ।

बिहे अघिको सेक्सबारे तपाईको धारणा के छ ?
मन मिले त्यो ठूलो कुरा होइन । लभ परेपछि सेक्स त भइहाल्छ नि ।  पहिलेका मान्छेहरू अहिले पनि सेक्सको बारेमा कुरा गर्दा लजाउँछन् । तर, नयाँ पुस्तामा मानिसहरू त्यस्तो सोच्दैनन् ।

नेपाली कलाकारिता क्षेत्रको राम्रो पक्ष के लाग्छ ?
नेपाली कलाकारिता क्षेत्र राम्रो हुँदै गएको छ । कस्तो बनाउने भन्ने आफैँमा पनि भर पर्छ । आफुलाई स्थापित गर्ने र समाजमा सन्देश फैलाउन कलाकारिता क्षेत्रले महत्वपूर्ण योगदान गर्न सक्छ ।

571 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank