छोटो मुभि मार्फत संस्कृति जोगाउन सकिन्छ: याेवन शाक्य

आइतवार, पुस १३, २०७६

loading...


पछिल्लो समय यूट्युव मार्फत विभिन्न प्रकृतिका टेलिश्रृखलाहरु बजारमा आउने क्रमबढेको छ । कयौंं टेलिश्रृखलाहरुले सकारात्मक सन्देश प्रवाह गर्न टेवा पुर्याइरहेका छन त कोहि भाइरल हुने नाममा भए नभएका घटनाहरुलाई उश्रृखल पाराले व्यक्त गरिरेहका छन । विगत ७-८ वर्ष देखि नेपाल मण्डल टेलिभिजनबाट प्रशारण भएको टेलिचलचित्र बाखंचामा काम गर्दै हाल नेवा यूट्युवमा छोटो चलचित्रहरुमा  निर्देशन गर्दै आएका नेवारी समुदायका युवा एक व्यक्ति हुन योवन शाक्य । काठमाडौं उपत्याकाका शाक्य पछिल्लो समय नेवारी भाषा संकृतिको संरक्षणमा लागिरहेका छन । उनी भन्छन, छोटाे मुभि मार्फत संस्कृति जोगाउन सकिन्छ । नेवा मिडियामा नयाँ परिवर्तनका लागि नेपाल भाषाका गीत, संगीतको निर्देशन सम्पादन गर्दै आएका शाक्यले नेपाल भाषा टाइम्स छोटो चलचित्र अवार्डबाट समेत सम्मानित भइसकेका छन । शाक्यसँग नेवा भाषा र संस्कृतिका सम्बन्धमा नेपालपाटी डटकमले गरेको छोटो कुराकानी

आज भोली के मा व्यस्त हुनुहुन्छ ?
म आज भोली र्कीतिपुर नगरपालिकाको आयोजनामा छाेटाे चलचित्र प्रतिस्पर्धाकाे लागि तयारीमा छु । यो एउटा प्रतिस्पर्धी बिधा हो। किर्तिपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल भाषाको छोटो चलचित्र प्रतिस्पर्धा गर्न लागेको छ । नेवा युट्युव मार्फत दुईवटा व्यानर समेत दर्ता भइसकेकाले यसैको तयारीमा खटिरहेका छौं र अन्य नेपाल भाषा छोटो चलचित्र बनाउनमा व्यस्त छु ।

अहिले कस्तो खालको छोटो चलचित्र आउँदैछ ?

नेवा समुदाय भित्रको वास्तविता, कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने किसिमको सर्ट मोभी बनाइरहेका छौं ।

यो क्षेत्रमा कति वर्षदेखि काम गर्दै आउनु भएको छ ?
म विगत ८-१० वर्षदेखि यो क्षेत्रमा काम गरिरहेको छु । नेवा मिडिया मार्फत हाम्रो पुरानो संस्कृति जर्गेना गर्ने उद्धेश्यले  काम गर्दै आइरहेको छु ।

यस क्षेत्रमा कसरी जम्नु भयाे ?
शुरुवाती चरणमा यो क्षेत्रमा प्रवेश गर्दा थुप्रै समस्या झेल्नु परेको थियो । मेरो लागि यो विलकुल नयाँ क्षेत्र थियो । काम गर्दै अनुभव लिदैं गर्दा अहिले सजिलो भएको छ ।

कसको प्ररेणाले यो क्षेत्रमा पाइला टेक्नु  भयो ?
मैले यस क्षेत्रमा उमेश स्थापीत दाईको सहयोगले प्रवेश गर्ने मौका पाएको थिएँ । दाइले नेपाल मण्डल टेलिभिजनबाट प्रशारित बाखंचा संयोजकको रुपमा जिम्मेवारी प्रदान गर्नु भयो । त्यसयता म नेवा मिडियामा निरन्तरता दिइरहेको छु । मैले छायांकन,सम्पादन निर्देशकको कार्य गर्दै आइरहेको छु ।

पारिवारिक सहयोग कस्तो पाउनु भएको छ ?
शुरुवातको समयमा मेरो घरपरिवारले यसबारे बुझ्नु भएको थिएन । शुरुवाती समयमा खास सहयोग नपाए पनि हाल सहयोग पाइरहेको छु ।

भविष्यमा यसैलाई निरन्तरा दिने कि अरु केहि गर्ने सोचमा हुनुहुन्छ ?
म यसैलाई निरन्तरता दिन्छु । नेवार सम्प्रदायको भाषा,कला, संस्कृति लोप हुन नदिन मैले यस पेसालाई निरन्तरता दिनै पर्छ । त्यसको विकासका लागि नयाँ नयाँ आयाम सहितका छोटो चलचित्र बनाउने योजनामा छु । साथै नेवा मिडियाको विकास त भएको छ । तर यसको सहि सदुपयोग हुन सकिरहेको छैन । यस क्षेत्रका विज्ञ, जानकारहरुलाई समेट्दैं जान सकेमा अझै नेवाहरुको विकास र समृद्धि गर्न सकिन्छ भन्ने लागिरहेकाे छ ।

अहिले सम्म कति वटा छोटो चलचित्र बनाउनु भयो ?
हाल सम्म मैले सात वटा नेवा भाषाका सट मुभी बनाउन सफल भएको छु । साथै दुईवटा निर्माणको अन्तिम चरणमा पुगेका छन । यसका साथै नेपाल भाषाका एक दर्शन बढि गीतको छायांकन, निर्देशन गरिसकेकाे छु ।

यस क्षेत्रमा कस्ता खालका चुनौती छन ?
चुनौंती नभएको त कुनै क्षेत्र नै हुँदैन । हरेक क्षेत्रमा चुनौती त रहने नै गर्छ । राज्यले स्थानीय भाषा संस्कृति संरक्षणका लागि ठोस परिणामुखि कार्यक्रम गर्न सकिरहेको छैन । स्थानीय भाषा,संस्कृति, कला,साहित्यकोे संरक्षण गर्न  सबै भन्दा ठूलो चुनौती हाम्रो सामू उपस्थित छ ।  जसको कारण सदियौं देखिका हाम्रा मुल्य मान्यताहरु कतै लोप हुन्छन कि भन्ने चिन्ता बढेको छ । मैले यी चुनौतीहरु देख्दादेख्दै पनि यसलाई अवसरको रुपमा बुझेको छु । हामी युवाहरुले नै हो हाम्रो कला,धर्म, संस्कृतिको विकास गर्ने र पुरानो पुस्ताबाट प्राप्त विरासतलाइ  नयाँ पुस्ताले यसको महत्व बुझ्दै संरक्षणमा लाग्नु पर्ने देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments