अंग्रेजीमा कमजोर हुनुहुन्छ ? पढ्नुहोस ओस्कार विजेता हलिउड अभिनेत्री पिनेलोपका तीन टिप्सहरु

मङ्लबार, मंसिर २८, २०७३

loading...


विश्व प्रसिद्ध ओस्कार पुरस्कार विजेता हलिउड अभिनेत्री पिनेलोप क्रुज विश्वकै सुन्दर नायिका हुन । उनको सुन्दरता भनेपछी कुनैबेला हलिउडमा निर्माता तथा निर्देशकहरु उनीसंग एक वचन बोल्नकै लागि भएपनि फिल्म बनाउन तयार हुन्थे । त्यति सुन्दर नायिका जो हलिउडकी ‘हट केक’ थिइन, उनले नै अंग्रेजी बोल्न जान्दैन थिइन भन्दा अनौठो लाग्नु स्वभाविकै हो ।
सन् २००९ मा ओस्कार पुरस्कार जितेकी उनको जन्म स्पेनको मड्रिड नजिकै सन् १९७४ मा भएको थियो ।  ९ वर्षको उमेर देखी नै नाच्नमा खप्पीस उनले १५ वर्षको उमेरदेखी अभिनय क्षेमा प्रवेश पाएकी थिइन ।  स्पेनमा जन्मीएर त्यहीँ १० वटा फिल्ममा काम गरेकी उनी २० वर्षको उमेरमा अमेरिका पुगिन, हलिउडमा छिर्न । त्यतिबेलासम्म उनलाई अंग्रेजीमा ‘हाउ आर यु ? ’ र ‘थ्याङक्यु’ भन्ने मात्र थाहा थियो । तर सजिलोसंग अंगे्रजी सिक्ने उनको टिप्सले निकै काम गर्यो । त्यसपछी उनले हलिउडमा २० भन्दा बढी चर्चित फिल्महरुमा अभिनय गरिन ।
उनको मातृ भाषा स्पेनिस भएकोले अंगे्रजीमा उनी निकै कमजोर थिईन । हलिउडमा आफुलाई टिकाउन उनले अंग्रेजी सिक्न निकै ठुलो मेहनत गरेकी थिइन । उनले अंग्रेजी भाषामा कमजोर तर सिक्न चाहानेहरुका लागि तीन टिप्सहरु दिएकी छिन । ति यस्ता छन् ः

१. जीवनपर्यत्न सीकाईcelebrities-cruz-interview
भाषा निरन्तरको सीकाई हो । त्यसैले एकै पटकमा सबै सिकिदैन । त्यसैले तपाईले सबैभन्दा पहिलो आफ्नो भोकाबलरीलाई बढाउनुहोस । त्यसपछी सकेजती धेरै शब्दहरु अंग्रेजीमै बोल्नुहोस ।
२. सिक्न प्रतिवद्ध हुनुहोस
सिक्नका लागि अंग्रेजी वाक्यांशहरु ख्याल गर्नुहोस । ख्याल गर्दै आफुले पनि बोल्ने प्रयास गरेमा छिटो विकास हुन्छ । तर गल्ती भइहालेमा लजानु हुन्न ।
३. गल्तीहरुबाट सिक्नुहोस र नदोहोर्याउने प्रयास गर्नुहोस ।
अंग्रेजीको शब्द भण्डार विशाल छ । त्यसैले एकपटक गरेको गल्ती दोहोर्याउदा त्यसले आफुलाई कमजोर छु भन्ने बनाउँछ ।

1046 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank