‘मिस्टर भर्जिन’मा समावेश टुल्की बोलको गित सार्वजनिक (अडियो सहित)

मङ्लबार, फाल्गुन ८, २०७४

loading...


काठमाडौं। चलचित्र ‘मिस्टर भर्जिन’मा समाबेश टुल्की बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । उक्त अडियो गीत वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

टुल्कीमा सुरज पण्डितको स्वर ,शब्द र संगीत रहेको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका छन् । चलचित्रमा गौरब पहारी , बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी काप्रीले सम्पादन गरेका छन् । चलचित्रमा टेक्निकल हेडको रुपमा दशरथ गिरी रहेका छन् ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्रको रिलिज मिति छिट्टै घोषणा गरिने निर्माताले जनाएका छन्।

104 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank