यस्ता छन् वहुप्रतिक्षित ‘एलजि सिने सर्कल अवार्ड’का आकर्षणहरु

शनिबार, असार ३१, २०७४

loading...


जनार्जन पौडेल, काठमाडौं ।   गत बर्ष वलिउड अभिनेता शत्रुघन सिन्हाको उपस्थीतिमा वर्षकै चर्चित एवं विवादरहीत बनेको ‘एलजि सिनेसर्कल अवार्ड’मा यो वर्ष के के हुँदैछ त भन्ने कौतुहलता सिनेकर्मीहरु विच छाउन थालेको छ । प्राय अवार्डहरु राम्रालाई भन्दा पनि हाम्रालाई प्राथामीकता दिने गरेको हुनाले पनि निपष्क्ष देखिएको यो अवार्डमा आम सिनेकर्मीको चासो बढेको हो । प्रथम संस्करणमै उत्कृष्ट तारीफ पाएपछि यो वर्ष एलजि सिने सर्कल अवार्डको झण्डा सगरमाथाको सिखरमा समेत फर्फराईएको थियो भने तारिफकै कारण यो अवार्डमा प्रायोजकहरुको पनि घुँईचो लागेको छ ।

नेपाली चलचित्र क्षेत्रमा निजी क्षेत्र प्रवेशका ५१ औँ बर्ष मनाउन लागिएको अवार्डलाई सि.जि. हिल्स अर्थात चन्द्रागिरी हिल्सले प्रस्तुत गरेको छ भने अवार्डको टाईटलनै अर्को सिजि अर्थात चौधरि ग्रुपको मातहतमा रहेको एलजि ले गरेको छ । कार्यक्रममा आईएमई गु्रप मुख्य स्पोन्सरको रुपमा रहेको छ । कार्यक्रमलाई नेपाल टेलिकम, डिस होम, भाटभटेनि समुह लगायतले स्पोन्सरको रुपमा सहयोग गरेका छन् भने गत वर्षबाटै स्पोन्सर गर्दै आएका अन्य ग्रुप तथा प्रोडक्टलाई आयोजकले सार्वजनिक गरेको छैन । गत वर्ष भने , सिभिल ग्रुप, हिमालयन डिस्टीलरी, आदि मुख्य स्पोन्सरको रुपमा रहेका थिए । भुकम्प पछि चर्चित बनेको “हामी उठ्ने छौ” समुहले पनि यो अवार्डलाई ईभेन्ट पार्टनरको रुपमा साथ दिदै आएको छ । जापान लगायत अन्य देशमा रहेका विभिन्न संघ संस्थाले पनि यसै अवार्डलाई सहयोग गर्दै आएर पनि यो अवार्ड आम आकषर्णको विन्दु बनेको हो । द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापन र सिनेमा सर्कल नेपालको आयोजनामा हुने यस अवार्डका अध्यक्ष आवाजका दुनियाँका साथी दिनेश डिसी रहेका छन् ।

के के छन् त यो वर्षका आर्कषणहरु ?
१. प्रस्तुतिकरण
अन्य अवार्ड कार्यक्रम भन्दा स्टाण्डर्ड तरिकाले डिजिटल स्टेजमा गत बर्ष सम्पन्न कार्यक्रमलाई यो वर्ष केहि फरक तरिकाले गर्न लागिएको बताईएको छ भने कार्यक्रममा कर्रिश्मा मानन्धर, तुलसी घिमीरे, क्याप्टेन विजय लामा, झरना थापा, राजेशपायल राई, स्वतीमा खड्का, बुद्धि तामाङ, पुष्पल खड्का, आदिको प्रस्तुति रहने आजसम्म सार्वजनीक गरीसकीएको छ भने अझै ८ गते सम्म प्रत्यक दिन एक एक जना गर्दै थप कलाकारको नाम सार्वजनिक गर्ने तयारी आयोजक कमीटीको रहेको आयोजक कमिटीका सदस्य समेत रहेका चलचित्र निर्देशक जनक खड्काले नेपालपाटीलाई बताए । विभिन्न क्षेत्रका उच्च पदस्थ व्यत्तित्वका साथमा उद्योगी घरनाका उत्कृष्ट सहभागी अतिथिको साथमा प्रफमेन्स गर्न सेलीव्रेटीको पहिलो रोजाईमा यो अवार्ड परेको छ । खड्काका अनुसार २३ गते हुने कार्यक्रमको स्वरुप एवं नोमीनेशन १० गते भित्र सार्वजनिक गरिसक्ने वताईएको छ ।

ddd

२. अतिथी एंव सहभागि
गत वर्ष वलिउड, हलिउड र जापानी निर्देशक समेतको उपस्थीती रहेको यस अवार्डका प्रमुख अतिथी सम्माननिय उपराष्टपति रहनुभएको थियो भने विषेश अतिथीमा उद्योगपति विनोद चौधरी समेतको उपस्थीती रहेको अवार्ड चलचित्र क्षेत्र बाहिर पनि विभिन्न कामबाट चर्चित बनेका तथा माथिल्लो ओहदामा रहेका ब्यत्तीहरु नेपाल प्रहरी, नेपाल आर्मी, खेलाडि, उद्योगी व्यवसाही लगायतको उपस्थीति रहेको थीयो भने यो वर्ष को को उपस्थीती हुने भन्ने कुरा आयोजकले पत्रकार सम्मेलन नै गरेर जानकारी गराउने तयारी गरेको छ भने गत बर्ष भन्दा यो वर्षको कार्यक्रम अझ दमदार गर्ने तयारी समेत आयोजकले गरेको छ ।

३. विधा एंव अवार्ड
हरेक विधाका ३, ३ जना जुरी राखेर टफ आठ छनौट गरि तिन सदस्यीय उच्च जुरीले छनौटमा परेका आठ चलचित्रहरु अवलोकन गरी उत्कृष्ट पाँच तथा विनर छनौट गर्ने तयारी रहेको यो अवार्डमा यस बर्ष पनि गत बर्षकै विधा एंव अवार्डलाई नै निरन्तरता दिने आयोजकको तयारी रहेको छ भने यो वर्ष ‘दि वेष्ट मेकअप अफ दि ईएर’ नामक एउटा अवार्ड थपीएको छ ।

swostima

1051 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank