प्रियंका–आयुष्मानले स्टेजमै गरे यसरी चुम्बन साटासट

सोमवार, असार ५, २०७४

loading...


यो दृश्य एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रमको हो । गत शनिवार राजधानीको ह्यात होटलमा सम्पन्न अवार्ड समारोहमा विपिन कार्कीले फिल्म ‘जात्रा’ का लागि उत्कृष्ट अभिनेता र  प्रियंका कार्कीले  ‘छक्का पञ्जा’ बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिइन् ।

उत्कृष्ट अभिनेता घोषणा गरिएका विपीन कार्की कार्यक्रममा उपस्थित भएका थिएनन भने नायिका प्रियंका कार्की भने कार्यक्रम अवधिभर मिडिया आकर्षणमा रहिन् ।

यसैबीच पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने राम्रै खुराक बनिदियो । आमासँगै अवार्ड समारोहमा आएकी प्रियंकासँगै आयुष्मान पनि भाई आशिरमान र आमा रविनासँगै एकै पंक्तिमा बसेका थिए ।

नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन हुन बित्तिकै आयुष्मान–प्रियंकाको जोडीले खुलेर माया दर्शाए । अवार्ड थापेपछि स्टेजबाटै उनले भाई, आमालाई मात्रै सम्झिएनन्, मेरो गर्लफ्रेन्ड र ममी भन्दै प्रियंका र उनकी आमालाई पनि सम्बोधन गर्दा प्रियंका दंग थिइन् । त्यसपछि अवार्ड लिएर आएका आयुष्मानले अंकमाल गर्न आएकी प्रियंकालाई जुरुक्कै उचालेर ओंठमा चुम्न भ्याए ।  उक्त सिलसिला प्रियंकाले अभिनेत्रीको अवार्ड पाउँदा पनि दोहोरियो ।

539 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank