निर्देशक क्रिस्टोफर नोलान नयाँ फिल्म बनाउँदै

बिहिबार, जेष्ठ ९, २०७६

loading...


एजेन्सी । स्टिभिन स्पिलबर्ग, मार्टिन स्कोर्सेज, जेम्स क्यामरुन जस्ता फिल्म निर्देशकका बीचमा रहेर आफ्नो प्रतिभा देखाउन सफल निर्देशक क्रिस्टोफर नोलान नयाँ फिल्म  बनाउँदै छन्  ।

फिल्मको सुटिङ कार्य चलिरहेको छ ।  फिल्मको नाम टेनेट राखिएको छ । फिल्ममा एरोन टेलर जोनसन, रोबर्ट प्याटिट्सन, जोन डेविड वासिङटन, माइकल केइनजस्ता कलाकारहरुको अभिनय रहने छ ।

सन् २०१७ को डनकिर्कपछि दुईवर्षको अन्तरालमा फिल्म बन्दैछ । नोलानले आजसम्म बनाएका फिल्ममध्ये फलोविङ्ग र इन्सोम्नियाबाहेक सबै फिल्मले निकै नै चर्चा पाएका छन् । टेनेट सन् २०२० जुलाइ १७ मा रिलिज हुुँदैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata