अमेरिकालाई गाली गरिएको गीत चीनमा भाइरल

बुधबार, जेष्ठ ८, २०७६

loading...


एजेन्सी । हाल  चीन र अमेरिका बीच व्यापार युद्द चलीरहेकै छ । दुवै पक्ष बीसको उन्नाइस भएका छैनन्  ।

यस्तैमा चीनमा एक गीत सार्वजनिक भएको छ । उक्त गीत प्रोपोगान्डा रच्न निकै सफल भएको छ । सो गीत पछिल्लो समय निकै भाइरल पनि भएको छ ।

सो गीत अहिले चीन र अमेरिकामा चलिरहेको व्यापार युद्धलाई लिएर अमेरिकालाई गाली गरेर बनाइएको छ । चीनीयाँ सामाजिक सञ्जाल वी च्याटमा ‘काराओके(TRADE WAR)’ गीत निकै चर्चित भइरहेको  छ । चीनका पूर्व सरकारी अधिकारीले लेखेको सो गीतलाई गएको शुक्रबार वी च्याटमा राखिएकोमा  हजारौं पटकसम्म त्यो हेरिएको छ ।

सो गीतमा अमेरिकाको कडा शब्दमा आलोचना रहेको छ । चीनमा गीत मार्फत सरकारी निकायबाट देशका युवा माझ सन्देश दिने गरिन्छ ।  गएको हप्ता चीनका पूर्वकर्मचारी तथा गीतकार झाओ लियाङ्गटनले सो गीत सामाजिक सञ्जालमा हालेका थिए । सो  ३ मिनेटको भिडियो केही बेरमै भाइरल भएको थियो ।

-बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank