भाग्यले बाँचेकाहरुका निर्देशक पाण्डेले ल्याए तीज कोशेली ‘चुरा’

शुक्रबार, साउन १०, २०७६

loading...


काठमाडौं । बहुचर्चित फिल्मी डकुमेन्ट्री भाग्यले बाँचेकाहरुका निर्देशक तथा संञ्चारकर्मी गणेश पाण्डेले तीज विशेष कोशेली चुरा बजारमा ल्याएका छन् । आउँदै गरेको हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै निर्देशक पाण्डेले चुरा बजारमा ल्याएका हुन ।

पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीको स्वर रहेको छ भने शिव हमालको लय रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोको छायाङक राजेश घिमिरेले गरेका छन भने सम्पादन विष्णु शर्माको रहेको छ ।

गीत भिडियो सार्वजनिक भएसँगै निर्देशक पाण्डेले खुसी व्यक्त गर्दै आफ्नो आमाको कोखबाट बहिनी जन्म नभए पनि तमाम दिदी बहिनीका लागि उक्त कोशेली पस्कन पाउँदा खुसी भएको जानकारी दिए । उक्त गीतले समसामयिक विषयवस्तुलाई समेटेका छन । गीतकाे शब्द मार्फत सामाजिक विकृती विसंगति प्रति तिखो प्रहार गरेका छन ।

हेर्नुहाेस भिडियाे 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata