बक्स अफिसमा छक्का पञ्जा-२ के होला ?

बुधबार, भदौ १४, २०७४

loading...


 

काठमाडौं । छक्का पञ्जाको सफलतापछि छक्कापञ्जा- २ बनाउन हौसिएका कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला अहिले छक्का पञ्जा -२ निर्माण गर्ने क्रममै लफडामा परेका छन् । निकै प्रख्यात जोक्सहरु जोडजाड गरेर बनाइएको ‘छक्का पञ्जा’ले हलमा राम्रो छबी कमायो र उनीहरु छक्का पञ्जा – २ बनाउन तम्सिए तर, यो फिल्मलाई बनाउँदा बनाउँदै फाबेन ।

छक्का पञ्जा- २ फिल्मको सबै पक्षको सबैले राम्रै भएको वर्णन गरेका छन् । तर विगतमै चलेको गीत ‘नाइलनको साडीमा’लाई केही नवीकरण गरेर आफ्नो नाममा पेश गरेपछि दीपकराज गिरी विवादमा तानिएका हुन् । विवाद चर्कनुको तितो र पिरो कुरा अघिल्लो बर्ष ‘छक्का पञ्जा’को पाइरेसी भएको भन्दै उनै गिरीले केही युवामाथि उजुरी गरेका थिए । त्यसमध्ये एक जनाले आत्माहत्या समेत गरेका थिए ।

पाइरेसी विरुद्ध उपदेश दिने गिरी आफैलाई ‘पाइरेसी’को उल्टो आरोप खेप्नुपरिरहेको छ। यतिमात्रै हैन ,पहिलो गीतको विवाद केही साम्य भएपनि त्यही फिल्मको दोस्रो गीत छायांकन गरियो, ‘म त यता किनारामा ।’ यो गीत बजारमा सार्वजनिक भयो, त्यसमाथि पनि फेरी लफडा झेलियो। यो गीतको लय पनि मेल खाएको भन्दै फेरि छक्का पञ्जा २ लाई खिल्ली उडान थालियो ।

अझ थप रोचक प्रसङ्ग त के भने केही रंग पत्रकारले छक्का पञ्जाको गीतमाथि ब्यङ्ग्य मिसाई रहेका छन् । यस्ता यावत कुराहरुले, ‘बक्स अफिसमा छक्का पञ्जा-२ ले रेकर्ड तोड्ला की नतोड्ला, गीत विवादित (जस्ताको त्यस्तै साभार ) प्रतिस्पर्धामा चाँहि रेकर्ड राख्ने पक्का छ ।’

अहिलेको गीत हरिवंश आचार्य र आस्था राउतले गाएको बुझिएको छ । तर यसको पोल खुलाउने गायक राजेश पायल राईले सामाजिक सञ्जालमा एउटा भिडियो सहित छक्का पञ्जा- २ को यो गितमाथि छेड्दै देबर बाबु फिल्म टिमले लफडा नगरोस् भन्दै स्टाटस राखेका छन ।
उनका अनुसार संगीतकार सुरेश अधिकारी र गीतकार नारायण भण्डारी र फिल्म ‘देवर बाबु’ का लागी आफु र साधना सरगमले गाएको बुझिएको छ ।

608 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank