तम्लाई चट्ट सलाम छ ! भन्दै आए गायक समीर आचार्य (भिडियोसहित)

शुक्रबार, मंसिर १७, २०७३

loading...


काठमाडौं, १७ मंसिर । अष्ट्रेलीयामा बसेर नेपाली गीत संगीतमा धुम मच्चाइरहेका गायक समीर आचार्य यो पटक सुदूरपश्चिममा हामफालेका छन् । सुन्दा निकै मीठो लाग्ने तम्रा हम्रा शब्दहरु अचेल अधिकांश गीतहरुमा प्रयोग भईरहेका बेला आचार्यले पनि सुदूर पश्चिमको बोलीचालीको भाषालाई गीतमा उतारेर गायिका टिका प्रसार्इँलाई जोडि बनाउँदै नयाँ गीत मार्फत सुदुरपश्चिम पुगेका हुन् ।

समीरकै शब्द र संगीतमा तयार भएको उक्त गीतको भिडियोमा नम्रता सापकोटा र निराजन प्रधानको रमाइलो नृत्य रहेको छ भने भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका छन् । “तम्रो आखा गाजले” एउटा लोक पप संगीतमा आधारीत गीत हो ।

गायिका टिका प्रसाईसंग समीरको यो पहीलो युगल गीत हो । टिका प्रसार्इँ अहिले नेपाली गीतको दुनियामा निकै चीर परीचीत नाम हो भने समीर केही वर्ष यता सांगीतीक दुनीयाको हीट लिस्टमा छन् ।

डेढ दशकदेखि संगीत क्षत्रमा सक्रिय उनको यो भन्दा पहिले “हैन भन्देउ न माया” र “दुनीया बेग्लै छ” भन्ने गीत दर्शक श्रोताको मनमा बस्न सफल भईसकेका छन् । करीब १ वर्षको अन्तरालमा आएको यस गीतबाट पनि समीर एकदमै उत्साहीत देखिन्छन ।

624 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank