नेपाली इरोटिक थ्रिलर ‘चपली हाईट-३’ को रिलिज डेट सार्वजनिक

मङ्लबार, मंसिर १०, २०७६

loading...


काठमाडौं । नेपाली इरोटिक थ्रिलर ‘चपली हाईट’को तेश्रो सिक्वलले आफ्नो रिलिज डेट  सार्वजनिक गरेको छ । अर्जुन कुमारको  निर्माणमा छायांकन भइरहेको चलचित्र ‘चपली हाइट–३’ले चैत २८ गतेका लागि आफ्नो रिलिज डेट  सार्वजनिक गरेको हो ।

‘हामीले ‘चपली हाइट’लाई जुन नौलो कथामा निर्माण गरेका थियौ । ‘चपली हाइट ३’ पनि यस्तै नौलो कथामा निर्माण हुनेछ’, निर्माता अर्जुन कुमारले भने।

सिनेमालाई निकेश खड्काले निर्देशन गर्नेछन्। अघिल्ला दुई श्रृखंलालाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए। चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य भूमिका छ । महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो ।

सस्पेन्स थ्रिलर जानरामा निर्माण भइरहेको नयाँ वर्षको अवसर पारेर आउन लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments