माघे संक्रान्ति मनाउन चन्द्रागिरी जाउँ, दिपक बज्राचार्यको नि:शुल्क कन्सर्टको फाईदा उठाउँ’

शनिबार, माघ १, २०७३

loading...


 युवापुस्ताको भिजिटको पहिलो गन्तव्य बनेको चन्द्रागिरी हिल्समा माघ एक गते मायाको डोरीले, ओ मिरी जस्ता गितका चर्चित गायक दिपक बज्रचार्य एंव ब्याण्डको निशुल्क कन्सर्ट हुने भएको छ | चन्द्रागिरीका दर्शकको लागी निशुल्क चन्द्रागिरी हिल्स प्रा ली ले आयोजना गरेको कार्यक्रममा बज्रचार्यको अलवा चर्चित कमेडियन एंव जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टून क्रुज आदिको प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक संस्था द दिनेश डिसी प्रोडक्सनका अध्यक्ष एंव कार्यक्रम ऊद्घोषक आवाजको दुनियाको साथी दिनेश डिसीले बताए |
हिऩ्दुहरुको पर्व श्री स्वस्थानी मा सतिदेवीको निधार पतन भएर ऊत्पन्न भएको भालेश्वर महादेव को मन्दिर रहेको चन्द्रागिरीमा केबलकारको यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि बिभिन्न निशुल्क खेलको साथै फेस पेन्टिंग आदिले भिजिटको पहिलो रोजाईमा पर्ने गरेको छ | अब साप्ताहिक रुपमा बिभिन्न मनोरंजक कार्यक्रम, मासिक रुपमा ठुला मनोरंजक कार्यक्रम र शिवरात्रिमा बिशेष कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ |
390 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank