मनास्लु राष्ट्रिय अवार्ड २०७५ बाट शाही सम्मानित

सोमवार, पुस २३, २०७५

loading...


काठमाडौं । केटा र केटी दुबैको स्वरमा गाउन सक्षम उत्कृष्ट गायक तथा कोरियोग्राफर चन्द्र शेखर शाही मनास्लु अवार्ड २०७५ बाट सम्मानित भएका छन् । राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमकाबीच शाहीलाई उक्त अवार्ड सहित सम्मान गरिएको हो ।

मनास्लु अवार्ड २०७५ उत्कृष्ट गायन तथा कोरियो ग्राफरको अवार्ड पूर्व सभामुख ओनसर घर्तीबाट प्राप्त भएको शाहीले नेपालीपाटीलाई जनाएका छन् ।बहुप्रतिभाका धनी कलाकार कमेडियन डान्स समेत गर्ने गर्छन् ।

पछिल्लो समयमा निकै ब्यस्त रहने शाही फिल्मी गित,अभिनय र दोहोरी लगायतका क्षेत्रमा आफ्नो छुट्टै चर्चा कमाउन सफल रहेका छन् ।  यो अवार्ड पाउनुमा दर्शक तथा स्रोताको माया रहेको भन्दै शाहीले खुसी व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank