राजेश पायलले निर्माण गरे छाउपडी तथा जातीय छुवाछुत सम्बन्धी छोटो फिल्म

सोमवार, चैत्र ३, २०७६

loading...


काठमाडौं । सुदूर तथा मध्यपश्चिममा व्याप रहेको छाउपडी पर्था तथा जातीय छुवाछुतबारे चेलिको बेदना नामक छोटो फिल्म निर्माण गरेका छन ।  हिमाली जिल्लाको रुपमा चिनिएको बाजुरामा छाउपडी प्रथा र यसको कारण चेलिबेटीमा पर्न गएको शारिरीक,मनोबैज्ञानिक,समाजिक तथा सांस्कृतिक पीडाहरुको उजार गरेका छन ।

छाउ अर्थात महिनावारी हुँदा महिलाहरुले भोग्नु परेको पीडालाई फिल्ममा देखाउन खोजिएको छ । साथै हलिया र खलिया प्रथाको वास्तविकताको बारेमा छर्लङ्ग पारेका छन । गाउँकी चेलीको बेदना नाम दिइएको उक्त  फिल्मको परिकल्पना तथा निर्देश राजेश पायलले गरेका छन भने कथा लेखन प्रेम नेपालीले गरेका छन । धनबहादुर बिसीले छायांकन गरेको फिल्मको सम्पादन तपेश जंग बिसीले गरेका छन ।  फिल्ममा सिर्जना विक, राजेश पायल, बिनोद बिक,प्रेम नेपाली,रंगलाल उखेठा राम नेपाली र बाल कलाकार मुकेश नेपालीले अभिनय गरेका छन ।

फिल्मकाे  छायांकन  बाजुरा जिल्लामै गरिएकाे राजेशले बताएका छन । विभिन्न म्युजिक भिडियाेमा अभिनय गर्दै अाएका राजेशले पहिलाे पटक जातीय छुवाछुत सहितकाे फिल्म निर्माण गरेकाे बताए ।

यस्ताे छ फिल्म हेर्नुहाेस

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments