हिजो र आजको नेपाली सिनेमा, दर्शक र ताली

शुक्रबार, पुस १, २०७३

loading...


सिनेमामा हिरोको प्रवेश दुुई चार जना गुुण्डाको रामधुुलाई, समाजभित्र जताततै अन्याय अत्याचार, हिरोको आगमनसगै अत्याचार खतम । यस्तै खालका फर्मुुलाले चलेको थियो नेपाली चलचित्र ।

नेपाली चलचित्रका सुुरुवातमा दर्शक यति सिधा थिए कि हिरोलाई घोडामा वा बाईका देखाउने बितिक्कै हलमा पर्र ताली बज्थ्यो । तर, अहिलेको समय भने न त्यस्ता दर्शक नै छन न त्यसरी सिनेमा नै चल्छ । त्यो फर्मुुला परम्परागत भइ सकेको छ ।

सिनेमामा तीन,चार वटा गीत एक दुुई फाइट सीन अनि एउटै ढाँचाका सम्वाद बोल्ने शैली देखि लिएर अभिनय अब यो सब देखि दर्शक दिक्क भइसकेका छन् ।

त्यसैले नेपाली सिनेमाका निर्देशकहरुले पनि फर्मुुला परिवर्तन गरेर दर्शकले खोजेको जस्तो सिनेमा दिदैछन् । जसको उदाहरण हो गत बर्ष रिलीज भएको ‘पशुपति प्रसाद’,’टलकजंग टुुल्के’ र यस बर्षका ‘छक्का पञ्जा’ र  ‘जात्रा’ ।

अबका दिनमा पनि परम्परागत तरिकाले सिनेमा बनाउने हो भनेआफ्नो घरखेत बन्दकी राखेर सिनेमा उद्योगमा लागेका निर्माताहरु घर न घाटका हुने निश्चित छ । अव सिनेमा उद्योगमा यस्ता सिनेमा नल्याई जात्रा लाग्दैन  । अव कपिराईटले काम गर्दैन भन्ने कुुरा नेपाली सिनेमामा लागेका मानिसहरुले बुुझिसकेका छन् । अबको युुग भनेको प्रतिस्पर्धात्मक युुग हो नेपाली सिनेमाका लागि समय झनझन कठिन बन्दै गइरहेका छन् ।

अब लहड र नक्कलको भरमा विना मिहिनेत फिल्म बनाउनेहरू बढारिने सम्भावना प्रवल छ ।  लहडैलहडमा सिने बजारमा आएर टिक्न सकिन्न ।  अबत सिर्जनशिल कुराहरु पस्केर मात्र दशृक स्रोताको मन जित्न सकिन्छ ।

नयाँ कामको थालनी गर्ने नवीन सुब्बा (नुमाफुङ), छिरिङ रितार (मकुण्डो) लगायतबाट अबका चलचित्रकर्मीहरुले सिक्नुु पर्छ ।

एउटा सानो ठाउको कथाबाट पनि उत्कृष्ट सिनेमा बन्न सक्छ भन्ने पशुुपति प्रसादको टीमले झै सोच्नुुपर्छ । यदि यस्तै खालका सिनेमाहरु प्रदर्शनमा आएभने अवश्य पनि नेपालको सिनेमा बजार माथि उठ्दछ । यसमा शंका गर्ने कुनै आधार छैन ।

जे होस भन्न खोजिएको कुरा के हो भने समयसँगै नेपाली चलचित्रले पनि आफ्नो धारलाई परिवर्तन गर्दै समय सापेक्ष बनाउदै लानुु पर्दछ । आजका दशृक हिजो भूवन केसी र  शिव श्रेष्ठलाई  पर्दामा देख्ने बितिक्कै परर ताली  पिट्ने खालका छैनन ।

891 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank