विवाह अघिनै आमा बनेका यी सेलिब्रेटी

मङ्लबार, चैत्र २०, २०७४

loading...


एजेन्सी ।  नायिका जेनिभर गार्नर र बेन एफ्लेकले सन् २००५ को जुनमा निकै हतारोमा लगनगाँठो कसेका थिए। उनीहरूको वैवाहिक समारोहमा दुवैपट्टिका अभिभावक उपस्थित थिएनन्। गोप्य विवाहको ६ महिना नबित्दै उनीहरूले पहिलो सन्तानलाई जन्म दिएका थिए। त्यसैगरी अर्की नायिका जेसिका अल्बाले हलिउड निर्माता क्यास वारेनसँग सन् २००९ को मे महिनामा विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि नै उनले पहिलो सन्तान अनरलाई जन्म दिइन्।

सन् २००७ को अगस्टमा नायिका एवं फेसन डिजाइनर निकोल रिचीले एक टेलिभिजन सोमा आफू विवाहपूर्व नै गर्भवती भएको खुलासा गरेकी थिइन्। यसको पाँच महिनापछि निकोल र उनका प्रेमी जोल म्याड्डेनको तर्फबाट सन्तानको जन्म भएको थियो। यी जोडीले सन् २०१० को डिसेम्बर महिनामा मात्रै विवाह गरेको थियो।
हलिउडमा विवाहअगाडि गर्भधारण खासै चासोको विषय नभए पनि बलिउडमा नायिकाका लागि भने यो प्रतिष्ठासँगै गाँसिएको विषय बन्न पुग्छ। विवाहअगाडि आफू गर्भवती भएकी छु भन्ने कुरा कुनै पनि नायिकाले खुलेर भन्न सक्दैनन्। यद्यपि बलिउडकी चर्चित नायिका श्रीदेवी एक यस्ती अभिनेत्री हुन्, जसले आफू विवाहपूर्व नै गर्भवती भएको खुलासा गरेकी थिइन्। श्रीदेवी त्यति बेला मिस्टर इन्डियाका निर्माता बोनी कपुरसँग अतिरिक्त वैवाहिक सम्बन्धमा रहेकी थिइन्। यो जोडी सन् १९९६ मा विवाहबन्धनमा बाँधियो। यसको केही महिनालगत्तै उनले छोरी जान्भीलाई जन्म दिएकी थिइन्।

भीजेबाट नायिका बनेकी अमृता अरोराले व्यवसायी सकिल लडकसँगको सम्बन्धपछि गर्भ बोकेकी थिइन्। यस विषयमा कुरा चुहिएपछि उनीहरूले तुरुन्तै विवाह गरेका थिए। नायिका सेलिना जेट्लीले दुबईमा भएको एक निजी समारोहमा अस्ट्रेलियाली व्यवसायी पिटर हागको गर्भ रहेको कुरालाई अस्वीकार गरे पनि सन् २०१२ मार्चमा जुम्ल्याहालाई जन्म दिएकी थिइन्। विवाह भएको नौ महिना पनि नपुग्दै उनले बच्चा जन्माएकी थिइन्।

कोनकोना सेन शर्माले सन् २००७ देखि नै रनवीर सोरेसँग डेटिङ थालेकी हुन्। यी जोडीले निकै हतारोका साथ सेप्टेम्बर २०१० मा विवाह गरेको थियो। यसको ६ महिनापछि उनले बालकलाई जन्म दिएकी थिइन्।

कमल हसनको हँसिलो अनुहारले सारिकालाई पनि आकर्षित गरेको थियो। आफ्नी पूर्वपत्नी भनी गणपथीसँग पारपाचुके लिइसकेपछि उनी सारिकासँग सम्बन्धमा रहे। यही सम्बन्धले उनीहरूकी छोरी श्रुति हसनको जन्म भयो। त्यसपछि यो जोडीले विवाह गर्‍यो। विवाहपछि उनीहरूले दोस्रो सन्तानलाई जन्म दिए। तर, पछि अविश्वासको कारण दर्शाउँदै यी नायिकाले नायक हसनसँग पारपाचुकेका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन्।

बलिउडकी नायिका मात्रै नभई चर्चित सितारवादक अनुष्का शंकर बेलायती निर्माता जो राइटसँगको डेटिङपछि गर्भवती भएकी थिइन्। गर्भ रहेको थाहा पाउनेबित्तिकै यो जोडी वैवाहिक बन्धनमा बाँधिएको थियो।

155 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank