बलिउडका चर्चित अभिनेताहरुको पहिलो कमाई कति थियो ?

सोमवार, चैत्र १९, २०७४

loading...


एजेन्सी । बलिउडका कतिपय अभिनेताहरु धेरै संघर्ष गरेर आफ्नो अहिले भइरहेको यो स्थान बनाउन सफल भएका छन् । आफ्नो सपना पुरा गर्न उनीहरुले निकै मेहनत गरेका छन् । कामलाई ठूलो सानो नभनि अगाडि बढेका कारण अहिले उनीहरुको स्थान निकै माथी छ । कमाइको हिसाबले पनि विगतलाई सम्झनु परेको छैन ।

यस्तै केही कलाकारहरुका पहिलो कमाईका बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

अमिताभ बच्चन
बिग बी अमिताभ बच्चनले जागिरको पहिलो महिनामै पाँच सय रुपैंया तलव थापेका थिए । कलकत्ताको एउटा सपिङ फार्ममा कार्यकारीको जिम्मेवारी पुरा गर्दा उनले यो रकम थापेका हुन् ।

धर्मेन्द्र
सन् १९६० मा ‘दील भि तेरा हम भि तेरा’ नामक पहिलो फिल्म खेल्दा धर्मेन्द्रले जम्मा ५१ रुपैंया भारु पाएका थिए । त्यो नै उनको जीवनको पहिलो कमाई थियो ।

रोहीत शेट्टी
बलिउडका एक्शन तथा कमेडी फिल्मका निर्देशक रोहीत शेट्टीले आफ्नो जीवनको पहिलो कमाईको रुपमा ३५ रुपैंया भारु थापेका थिए । १७ वर्षको उमेर सहायक निर्देशकको रुपमा काम गर्न थालेका उनले कुकु कोहलीको फिल्म ‘फूल और कांटे’ पहिलो पटक काम गरेका थिए ।

इरफान खान
बलिउडमा छुट्टै पहिचान बनाएका इरफान खान बच्चाहरुलाई ट्युशन पढाउँथे । उनले ट्युशन पढाएबापत प्रतिव्यक्ति मासिक २५ रुपैंया लिने गर्थे । आजभोली उनलाई भ्याइनभ्याई छ ।

ऋतिक रोशन

ऋतिक रोशनले सन् १९८० मा पहिलो पटक सिनेमामा काम गरे त्यसवेला फिल्म ‘आशा’मा बालकलाकारको रुपमा देखा परेका उनले एक सय रुपैंया पाएका थिए ।

आमिर खान
भर्ख रै मात्र आफ्नो ५२ जन्मदिन मनाएका आमीर खानले सनु १९८३ मा ‘पारानोइया’ नामक छोटो फिल्मको सहनिर्देशकका रुपमा काम गरेका थिए । त्यस फिल्ममा काम गरे बापत उनले एक हजार रुपैंया पारिश्रमिक पाएका थिए । यो नै उनको जीवनको पहिलो कमाई थियो ।

अक्षयकुमार
सदावहार नायक अक्षकुमारले बैंकको एउटा रेष्टुरेण्टकमा सेफको काम गरेर पहिलो महिना १५ सय रुपैंया तलव थापेका थिए । यो नै उनको पहिलो कमाई थियो ।

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank