श्रीदेवीको यस्तो थियो सपना, जुन अब उनले कहिल्यै देख्ने छैनन्

आइतवार, फाल्गुन १३, २०७४

loading...


बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको हो । उनले दुबईमा अन्तिम सास फेरेकी थिइन् । श्रीदेवी एक विवाह समारोहमा भाग लिन दुबई गएका बेला हृदयघातका कारण उनकको निधन भएको हो । यस अवधिमा उनकी छोरी जाह्नवी फिल्म शूटिंगमा व्यस्त भएकी कारण उनी दुबई गएकी थिइनन् ।

अर्जुनको डेब्यू भन्दा पहिले उनकी आमा मोना कपुरको निधन भएको थियो । यो घटनाफेरि एक पटक दोहोरिएको छ । बोनी कपूरकी पहिलो पत्नी मोनाको बीमारीका कारण ४८ वर्षकै उमेरमा निधन भएको थियो । त्यस समयमा अर्जुन कपूर बलिवुड मा आफ्नो पहिलो फिल्म मार्फत डेब्यु गर्र्दै थिए । मोनाको मार्च २५, २०१२ मा निधन भएको थियो। केही महिनापछि, अर्जुनको फिल्म, इश्कजादे, मई २०१२ मा रिलीज हुँदै थियो।

जाह्नवीको पहिलो फिल्म धडक जुलाईमा आउँदैछ । त्यसैगरि श्रीदेवीले आफ्नी ठुली छोरी जाह्नवीको पहिलो फिल्म देख्न नपाउँदै ५४ वर्षको उमेरमा यो दुनिया छोडेकी छिन् । उनकी छोरी जाह्नवी कपूरको पहिलो फिल्म धडक जुलाईमा ठूलो पर्दामा आउँदैछ ।

श्रीदेवी आफ्नो छोरीहरुसंग धेरै नजिक थिइन् । उनी छोरीको शूटिङमा जानेदेखि लिएर उनीहरुको भविष्यका बारेमा निर्णय सम्म लिने गर्थिन । छोरी जाह्नवीलाई चर्चित अभिनेत्रीको रुपमा पर्दा देख्ने उनको ठुलो सपना थियो ।

श्रीदेवीको मृत्युलाई लिएर पुरै फिल्मी जगत दुःखी भएका छन् । भारतीय प्रधानमन्त्री, राष्ट्रपतिले समेत समवेदना व्इक्त गरेका छन् ।
आजतकबाट

245 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank