श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइदै

सोमवार, फाल्गुन १४, २०७४

loading...


मुम्बइ । भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको थियो ।

अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उनको पार्थिक शरीरलाई सोमबार अपरान्हसम्म पनि मुम्बइ ल्याउन सकिएको छैन ।

सोमबार साँझसम्म उनको पार्थिक शरीरलाई मुम्बइ ल्याइने र आज राति अबेर हुने भएकोले भोली उनको अन्तिम संस्कार हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‘डेथ सर्टिफिकेट’ प्राप्त नभएकोले ढिला भएको र त्यो प्राप्त गरेपछि स्वदेश पठाइने दुबइमा रहेको भारतीय दूतावासका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुकाअनुसार संयुक्त अरब इमिरेट्सको स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे उनको पार्थिक शरीर आफन्तजनलाई दिने जानकारी अस्पतालले दिएको छ ।

उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारणलगायत विदेशीसमेत स्तब्ध भएका छन् । साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् ।

चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे,

खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा अभिनय गरेकी छिन् । उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । उन यी चर्चितसहित डेढ सयभन्दा बढी चलचित्र रहेका छन् ।

चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेकी थिइन्।
रासस/एएफपी

208 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank