विदेशिएका युवाको पीडा समेटेर बन्यो दोहोरी गीत ‘विरानो ठाँउ’ (भिडियोसहित)
मङ्लबार, भदौ ५, २०७५
loading...

काठमान्डौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकाहरु कम मात्रामा आइरहेको अवस्थामा रामेछाप म्युजिक प्रालीको प्रस्तुतिमा राम परियारको मार्मिक जिवन भोगाईमा आधारित गीत ‘विरानो ठाँउ’ बजारमा आएको छ ।
गायिका पूर्णकला विसी र गायक कमल सुसान्त केसीको आवाजमा विरानो भुमीमा विभिन्न घरायसी बाध्यताले विदेशमा गएका युवाको पिडालाई आधारित रहेर तयार परिएको छ ।
राम परियारको शब्द सिर्जना, एच वि रसाइलीको लय सिर्जना तथा कमल सौरागको एरेन्ज गीतमा रहेको छ । टंक केसीको छाँयाकन, सुजन शाहीको सम्पादन तथा खमेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमी प्रेमिकाको भुमिकामा कमल बुढा र सर्मिला सिलवालको जिवन्त अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments