लाेक दाेहाेरी प्रतिष्ठानमा बिनाेद बाजुराली किन जरूरी ?

आइतवार, मंसिर ८, २०७६

loading...


पाेखरा । बाजुरा जिल्लाकाे न्यून वर्गमा जन्मेर अथक मेहनत र परिश्रमबाट नेपाली सांगीतिक क्षेत्रमा जम्न सकेका अब्बल स्रष्टा हुन्- बिनाेद बाजुराली । सफा ह्रदय र केही गर्नुपर्छ भन्ने भावनाका बाजुरालीले अहिले राजधानीमा समग्र सुदूर तथा मध्यश्चिम क्षेत्रकाे प्रतिनिधित्वलाई उचाईमा पुर्याएका छन् ।

त्यहाँकाे लाेक संगितलाई देशकाे सांगितिक मुलधारमा पहिचान गराउन बाजुरालीले खेलेकाे भुमिका अतुलनिय छ । यति मात्रै हाेईन- बाजुराली त्याे क्षेत्रका सबै कलाकारहरूका अभिभावक बन्न सफल बनेका छन् । नेपाली सांगितिक क्षेत्रकाे मुलधारमा यदि बिनाेद बाजुरालीकाे उपस्थिति नहुदाे हाे- डिस्काे बारमा बज्ने ढिक्चिक ढिक्चिक गित नै डेउडा गित हाे भन्ने समय आईसक्थ्याे । बाजुरालीकाे संगित संयाेजनले नै डेउडा गितले माैलिकता पाएकाे छ ।

नेपाली सांगितिक क्षेत्रमा अब्बल बहुक्षमता भएकाे कलाकारकाे नाम नै बिनाेद बाजुराली हाे । गायन, गित लेखन, संगित संयाेजन लगायतका हरेक विधामा उनी अब्बलता प्रस्तुत गर्न सक्छन् । वाल्यकालदेखि नै संगितमा लागेकाे बिनाेद बाजुरालीले २०५७ सालमा पहिलाे पटक आफ्नाे पहिलाे प्रस्तुतिका रूपमा अडियाे क्यासेट रेकर्ड गरेका थिए । त्यसपछि गण्डक प्रदेशकाे पाेखरालाई नै कार्यक्षेत्र बनाएर उनले आफ्नाे सांगितक क्यारियरकाे संघर्षशिल यात्रा अगाडि बढाए । यहि संघर्षकाे जगका कारण उनी अहिले राजनीनिकाे अति व्यस्थ रेकर्डिङ्ग स्टुडियाे- “मालश्री” लाई सबै कलाकारहरूकाे आशा, भराेसा र गरिखाने आधारकाे स्टुडियाे बनाउन सफल भए र आफुलाई एक अब्बल सर्जककाे रूपमा स्थापित गरे । उनले धेरैलाई- गाँस र बाँस दिएका छन्, आधार र साथ दिएका छन् । एक कलाकारले अर्काे कलाकारहरूका सिर्जना माथि व्यापार गरेर पैसा कमाउने र कलाकारलाई नै ठग्ने प्रवृत्तिले नेपाली सांगितक क्षेत्र माथि उठ्न नसकेकाे उनी बताउछन् ।

bajurali binod

उनी श्रमकाे मूल्य सबैलाई बाँड्नै पर्ने कुरामा विश्वास राख्दछन् । कलाकारितामा हुनुपर्ने यस्तै सकारात्मक गुणका कारण अहिले उनका सिर्जना अब्बल सावित भएका छन् । बिनाेद बाजुराली क्षमतामा बहुमुखी भएपनि बढी समय अहिले संगित संयाेजनमा नै खर्च गरि रहेका छन् । उनले संगित संयाेजन गरेका गितहरूमा नाम लिनै पर्ने गित- रूँदै रूँदै जान्छु मेलामा, नझाउ है सानू पँधेरीमा, डाँडै फुर्के सल्लाे, धर्ति कुनकाे अाकास जुनकाे…, घाम जस्ताे चम्किलाे जुन…, पछेउरि लेउ बैना, बिर्सियाै कि कुन्नी, तिर्खा लागे पानी खाएँ, लुट्न सके लुट, मलाई अमेरिका यहि, डेउडामा- डाँफे हिमालैमा, याे अछामी बड्डाे, गैजा डाेटी गैजा, नजा सुवा दुर लगायतका गित रहेका छन् ।

उनकाे गायनशैली कलाकारहरूका लागि प्रेरणा बन्न सक्छ । गायन विधामा के-के कुरा महत्वपूर्ण हुने गर्दछ, कलाकारले सिक्नु पर्ने र साधना गर्नु पर्ने कुराहरू के-के हुन् भन्ने कुरा हामी उनका गितबाट सिक्न सक्छाैं । उनले गायका महत्वपूर्ण गितहरूमा- भिरकाे घाँस काट्न सक्छाै रे, आ छाेर्याटी, करनाली पुल, फाेन गर्याई दस बज्या राती, उस्तै बैँस उस्तै हाँसाे, घर मेराे प्रदेश नम्मर सात, बाँस बसन्ति न्याला, गाँसाैंला मायाकाे डाेरी र तीज गित- याे तीजमा ढल्केर नाचिन्छ, तिम्रै लागि हाे, हेरन मायाले, लाजैले मरिन्छ लगायत सयाैं गितहरू उत्तिकै मिठासपूर्ण पाउन सकिन्छ । हजाराैं गितकाे संगित संयाेजन गरि सकेका बाजुराली कलाकारकाे हकहितकाे संरक्षण अनि कला, संस्कृतिकाे संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरामा सांगठनिक रूपमा समेत सधै क्रियाशिल रहेका छन् ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे छैटाे महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका बिनाेद बाजुरालीले अाफ्नाे तीन वर्षिय कार्यकालमा प्रतिष्ठानकाे संगठन निर्माणमा महत्वपूर्ण भुमिका निर्माण गरेकाे कुरा महासचिवले प्रस्तुत गरेकाे प्रतिवेदन बाट देख्न सकिन्छ । याे सँगै प्रतिष्ठान भित्र सुधार गर्नुपर्ने पक्षलाई सबै भन्दा बढी उठान गर्ने बाजुराली नै हुन् । र प्रतिष्ठानलाई देशका हरेक कलाकारकाे साझा संस्थाकाे रूपमा नयाँ ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट धारणा रहेकाे छ । साथै बाजुरालीमा संगठन निर्माण गर्ने राम्राे चेतना शक्ति छ ।

सुदूरकाे भुमिबाट संघर्ष शुन्यबाट सुरू गरि सफलताकाे शिखरमा पुग्दाकाे दु:खकाे अनुभव छ- जाे देशका हरेक कलाकारका लागि सिकाई बन्न सक्छ । यस्ताे धरातलबाट उठ्ने कलाकारकाे हकहितका पक्षमा वकालत गर्नसक्ने नेतृत्व क्षमता पनि बाजुराली मै रहेकाे छ । यिनै बिनाेद बाजुराली राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान, नेपालकाे साताैं महाधिवेशनमा सचिव पदका उम्मेद्वार बन्दै छन् । उनकाे नेतृत्व क्षमता प्रतिष्ठान अझै महसुस गरि रहेकाे छ । सबै लागाैं- प्रतिष्ठानलाई नयाँ गति दिन, कलाकारहरूकाे हकहितकाे साझा संस्था बनाउन र नेपाली लाेकगितकाे संरक्षण, सम्वर्द्धन र विकासलाई संस्थागत गर्न बाजुरालीकाे आवश्यकता देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments