‘झिम झिम गर्ने नसालु आँखामा लुकाई राख मलाई’ भन्दैछिन गायिका भूमिका गिरी (भिडियोसहित)

बुधबार, असार ७, २०७४

loading...


जनार्जन पौडेल। गायिका भूमिका गिरी रामजी खाँडलाई झिम झिम गर्ने नसालु आँखामा लुकाईराख्न भनिरहेकी छिन् । तर यो उनको वास्तविक जीवनमा नभई उनीद्धारा बजारमा ल्याएको एकल एल्वममा रहेको गीतको बोल हो ।

यूवा पुस्तामाँझ चर्चित एवम भर्सन्टाइल गायिका भूमिका गिरीले आफ्नो नयाँ एल्वम बजारमा ल्याएकी छिन् । भर्खरै मात्र सार्वजनिक गरिएको उक्त भिडियो तिर्सना म्यूजिक प्रालि मार्फत बजारमा ल्याइएको हो । उक्त एल्वमका गीतहरु यूट्युव मार्फत पनि हेर्न सकिन्छ । ‘गोरखपुरको सलाई’ नाम गरेको उक्त एल्वममा  उनलाई सब्द संगीत र स्वरमा  भागिरथ चलाउनेले  साथ दिएका छन् भने  प्रख्यात लोकदोहोरी गायक रामजी खाँडले अभिनय तथा नृत्यमा साथ दिएका छन् ।

यो उनको आठौं एल्वम हो । यसअघि उनले ‘लौका चाख्ने मौका देउ’, ‘तिउन मिठो बनायो चुकैले ’, ‘आयो नेपाली गीत गाउने आयो’,‘ तीज ले गरायो’,‘ नरिसाउन कान्छू’,‘खुर्सानी झै पिरो’ र सातो पुत्लो गयो’लगायत ७ वटा दमदार एल्वम निकालेर नेपाली  दर्शक स्रोताको मन जित्न सफल भएकी थिइन उनले । हालसालै सार्वजनिक गरिएको ‘गोरखपुरको सलाई’ उनको आठौं एल्वम हो ।

आफ्नो आठौं एल्वम पनि दर्शक स्रोताले मन पराइदिनेमा विश्वस्त छिन उनी । करिव एक दर्जन जति गीतहरुमा आफ्ना स्वर दिएकी गायिका भूमिकाले गिरी गायनको क्षेत्रमा नभई स्टेज सो र अभिनय एवम नृत्यमा समेत अव्वल भूमिका निर्वाह गर्दै आएकी छिन् । त्यसैले अहिले उनी यूवा पुस्ताका लोकप्रिय गायिकाको रुपमा स्थापित भइरहेकी छिन् ।

हेर्नुस भिडियो

2249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank