‘मेरो रगतको थोपा थोपामा संगित बगेको छ’ : गायिका बसन्ता प्रकृति

मनोरञ्जन विशेष

शुक्रबार, चैत्र २५, २०७३

loading...


‘हेरी सिधै नजरमा नजरले बात मार
खोलेर दिल प्यारा यौवनको मात सार’

हिजोआज नेपाली सांगितिका क्षेत्रमा यो गीत गुनगुनाउनेको जमात बढीरहेको छ । रेडियो,एफएम एवम टेलिभिजनहरुमा पनि यो गीत गुन्जिरहेको पाउन सकिन्छ । अत्यन्तै मन छुने र मेलोडियस पाराले यो गीतलाई नव गायिका बसन्ता प्रकृतिले गाएकी हुन् । दिपक कौडिन्याले लेखेको यस गीतका साथै उनले निकालेको पहिलो एल्वमा  मनमा अन्य तीन गीतहरु रहेका छन् । ती सबै गीतहरु एकदमै कर्णप्रिय रहेका छन्  ।गजल टाइपको यस गीतले हिजोआज आम दर्शक स्रोताको मन जितिरहेको छ ।

गीतमाथी बनेको भिडियो पनि एकदमै आकर्षक रहेको छ जसका कारण युट्युवमा धेरैले हेरिरहेका छन् । जसमा मोडलको रुपमा नायिका केकी अधिकारी र निकित बिकेको अभिनय रहेको छ ।  यसरी नेपाली संगीतमा प्रवल सम्भावना बोकेर आएकी नव गायिका  बसन्ता प्रकृति  । आफ्नो पहिलो एल्वमाबाट  नै सबैको मनमा बस्न सफल भएकी छिन् ।

दाङ जिल्लामा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएकी बसन्ताले सांगितिक क्षेत्रमा  निकै नै संघर्ष गरेकी छिन् । करिव ०६१ सालदेखि नै यो क्षेत्रमा लागेकी उनले आफ्नो पहिलो रेकर्डिङ भने ६३ सालमा गरेकी हुन् । उनको आवाजमा दम छ, सुमधुर स्वरकी धनी बसन्ता वास्तविक जीवनमा पनि अत्यन्तै मिलनसार र मृदुभाषी छिन् । काममा लगनशीलता बोकेर आएकी बसन्ता आफ्नो एकथोपा प्राण  रहुन्जेलसम्म संगीतमा लागि पर्ने बताउछिन् । आफ्नो पहिलो एल्वम हिट भए लगत्तै उनी हौसिएकी छिन दोस्रो एल्वमको तयारीमा लागि सकेको र यसक्रममा एउटा गीत रेकर्डिङ भइसकेको बताउछिन उनी ।

संगीत मानव जीवनको अभिन्न अंग बताउने बसन्ताले आफुले कहिले पनि संगीतलाई व्यवसायको रुपमा नहेरेको बताउछिन ।  संगीतको सेविकाको रुपमा आफु सधै लाग्ने बताउँदै उनले आफ्नो रगत – रगतमा संगीत भएको बताएकी छन  ।नेपाली सङ्गीतमा आफु सधै सभ्य भएर लाग्ने बताउँदै उनी सबैलाई नेपाली संगीतको मौलिकता जोगाउन तीर लाग्न अनुरोध गर्दछिन् ।

1856 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank