व्यस्त वन्दै चर्चित गायिका बसन्ता प्रकृति

शनिबार, जेष्ठ २७, २०७४

loading...


पछिल्लो समय ‘मनमा’ एल्वमबाट एकाएक चर्चामा आएकी गायिका बसन्ता प्रकृति  दिनदिनै व्यस्त भइरहेकी छिन् । सुमधुर स्वरकी धनी,सबैसंग छिट्टै घुलमील हुने र सबैको प्यारो गायिका बसन्ता विशेष गरि युवापुस्तामाझ लोकप्रिय बन्दै गएको यथार्थ हो ।

बसन्ता प्रकृति  आफ्नो दोश्रो एल्वमको तयारीमा रहेकी छिन भने यसका साथसाथै उनी बिभिन्न तीजका गीतहरुमा समेत व्यस्त रहेकी छिन् । तीजको गीत रेकर्डिङ गर्ने क्रममा  हालसालै उनले दिपक शर्माको लय तथा संगितमा रहेको गीत रेकर्ड गराइसकेकी छिन्  । यी लगायत थुप्रैले आफूलाई गीत गाइदिनका लागि अफर गरिरहेको बताउछिन उनी ।

यसभन्दा अघि उनको मनमा एल्वम सबै दर्शक स्रोता माझ लोकप्रिय भइसकेको छ जुन गीतहरुलाई लाखौं दर्शकले यु ट्युवबाट समेत हेरिरहेका छन्  । गीत संगितलाई प्राण भन्दा प्यारो ठान्ने गायिका बसन्ता आफूले यस क्षेत्रमा धेरै सिक्न बाकी रहेको बताउछिन्  ।

 पछिल्लो एल्वमको नाम भने अहिलेसम्म जुराइनसकेको बताउछिन उनी । चारवटा गीत रहने उक्त एल्वमको पहिलो गीत भने राजुबाबु श्रेष्ठको शव्द तथा राजनराज सिवाकोटीको संगितमा  रहेको उनी बताउछिन् । ‘टाढैबाट बोलाउ भने छेक्छ डाँडैले’ भन्ने गीत राम्रो बनेको र यो गीतले दर्शक स्रोताको मन जित्ने बताउछिन उनी ।

871 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank