दुर्गा परियारको आवाजमा रहेको “बनफूल” गीतको भिडियो सार्वजनिक

सोमवार, असार ४, २०७५

loading...


रमेश बिजीको शब्द र शुरेस अधिकारीको संगीत रहेको “बनफूल” आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गायीका दुर्गा परियारको अवाजमा स्वरबद्ध गीतको भिडियोलाई अनुपा श्रेष्ठले निर्देशन गरेकि छिन् ।

गीतको भिडियोमा भिजे द्वय शिवानी भट्टराई र मिलन श्रेष्ठले अभिनय गरेका छन् ।  भिजे शिवानीको यो पहिलो म्युजिक भिडियो हो भने मिलनले यसअघी पनि अभिनय गर्नुका साथै भिडियो निर्देशन समेत गरि सकेका छन् । भिडियोमा मिलन र शिवानीसँगै सुशील राजोपाध्याय ,युगज्योति र प्रिन्स श्रेष्ठलाई पनि प्रमुख भुमिकामा देख्न सकिन्छ ।

नेपालको प्रहिलो महिला निर्देशक अनुपा श्रेष्ठले कर्णप्रिय गितको भिडियोलाई उत्कृष्ट बनाउन सम्पुर्ण टिमले नै निकै मिहेनत गरेका कारण दर्शकबाट राम्रो प्रतिक्रिया पाउने आशा ब्यक्त गरेकि छिन् ।

97 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank