बाटोमा हिड्दा ‘बाख्रा स्टाईल’की केटी भनेर जिस्क्याउछन् : आरती ओझा

शनिबार, माघ १, २०७३

loading...


तराई आइडल तथा एक्टिङ कम्पिटिसन्मा पहिलो उपाधि जितेकी झापाकी आरती ओझा यतिखेर पूर्वमा निकै चर्चामा रहेकी छन् । आरती २०७३ सालको उक्त कम्पिटिसन्मा पहिलो भएकी हुन् । कमेडी गायक श्रीकृष्ण लुईटेलको “बव्लु” एल्वममा समावेश रहेको  “यो हो बाख्रा स्टाईल”बोलको गीतले उनी चर्चामा आएकी हुन् । पूर्वमा बालकदेखि युवायुवतीको मुखैमा बाख्रा स्टाईल बोलको गीतले डेरा जमाएको । आरती भन्छिन् , बाटोमा हिड्दामा यो बाख्रे स्टाईलकी केटी भनेर जिस्क्याउछन् । उन्ले कुरा थप्दै भनिन् यसरी चर्चामा आईएला भनेर सोचेकी थिईन् ।
उन्लाई यतिले मात्र चर्चामा पुर्याएको भने होईन । हिमशिखर टेलिभिजनबाट प्रसारित “स्टुडेन्ट”सिरियलमा प्रमुख नायिकाको भुमिकामा देखिए पछि उन्को थप चर्चा चुलिएको हो । एक्टिङ कम्पिटिसनबाट छानिएकी आरतीलाई यस सिरियलमा निर्देशक ज्ञानेन्द्र कोईरालाले प्रवेश गराएका हुन् । आशाको भुमिकामा प्रस्तुत भएकी आरती उन्को बोल्ने शैलीले गर्दा “स्टुडेन्ट”सिरियलमा चर्चामा आएकी हुन् ।
नेपाली चलचित्रमा खेल्न कति निर्देशक,निर्माताहरु आउनुहुन्छ तर स्क्रिप्ट चित्त नबुझेर खेल्दिन भनेर फर्काएको छु ,आरती भन्छिन् । फिल्म खेल्नकै लागी भनेर यो क्षेत्रमा आएको हुँ ,राम्रो स्क्रिप्ट पाए भने फिल्म खेल्छु । उनि अर्को सिरियल र आधा दर्जन म्युजिक भिडियोमा अनुवन्धित भईसकेकि छिन् ।

1194 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank