प्रभासको नयाँ फिल्म ‘साहो’ अगष्ट १५ मा रिलिज

बिहिबार, जेष्ठ ९, २०७६

loading...


एजेन्सी ।  दक्षिण भारतीय चलचित्र अभिनेता बाहुबली फेम प्रभासको नयाँ फिल्म ‘साहो’ आगामी अगष्ट १५ मा रिलिज हुने भएको छ ।

तमिल र तेलेगु सहित हिन्दी भाषामा पनि बनेको साहोलाई सुजिथले निर्देशन गर्दैछन् । फिल्ममा प्रभासको अपोजिट श्रद्धा कपुरले अभिनय गरेकी छन् ।

फिल्मको भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् ।

फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् ।

प्रभासको बाहुबलीको दुई सिरिजपछि पहिलो फिल्म भएकाले यो फिल्मको राम्रो हाइप रहेको फिल्म विश्लेषकहरुले बताएका छन् ।

फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata