‘बाहुबली २’ ले तोड्यो भारतीय फिल्मका सबै रेकर्ड

शनिबार, बैशाख २३, २०७४

loading...


काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘बाहुबली २’ रिलिज भएको एक सातामै भारतीय फिल्मका धेरै रेडर्क तोडिसकेको छ । रिलिज भएको छैटौं दिनमा ‘बाहुबली २’ आमिर खानको फिल्म ‘दंगल’ले कायम गरेको सर्वोच्च रेकर्ड पनि तोडिसकेको छ । अब बाहुबली २ भारतको सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रुपमा दरिएको छ ।

फिल्मको हिन्दी भर्सनले भारतमा पहिलो हप्ताभित्र २ सय ४७ करोड भारुको कलेक्सन गरेको थियो । बिहिबारसम्म फिल्मको सबै भाषाले भारतभर ५ सय ३४ करोड भारुको कमाई गरेको छ । जबकी आमिर खानको ‘दंगल’ले भारतभर ३ सय ५० करोड भारुको कमाइ गरेर सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड बनाएको थियो । अब उक्त रेकर्ड बाहुबलीको नाममा दर्ज भएको छ ।

फिल्मले विश्वव्यापी रुपमा ८ सय ६० करोड भारु कमाइ गरेको छ । बाहुबलीले कमाईको सबै रकेर्ड तोड्दै आमिर खानको ‘पिके’ र ‘दंगल’ लाई पछारेको छ । अहिलेसम्म विश्वव्यापी रुपमा सबैभन्दा बढि कमाई गर्ने फिल्म आमिर खानको ‘पिके’ थियो । ‘पिके’ले ७ सय ९२ करोड भारुको कमाई गरेको थियो ।

778 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank