‘‘बधाई हो ’’ फिल्मले सय करोड कमाउन सफल

मङ्लबार, कार्तिक २७, २०७५

loading...


मुम्बई । आयुष्मान खुरानाको फिल्म ‘‘बधाई हो ’’ले बक्स अफिसमा सय करोड कमाउन सफल भएको जनाइएको छ ।  ठग्स अफ हिन्दुस्तान जस्तो मेगा बजेटमा निर्मित फिल्मसँग प्रतिस्पर्धा गर्दै उक्त कमाई गरेको हो । कलाकारहरुको अभिनय, सशक्त डाइलग, शानदार प्रस्तुतीले दर्शकको मन जित्न सफल भएको जनाइएको छ ।

फिल्ममा आयुष्मानको दादीको भूमिकामा एक्ट्रेस सुरेखा सिकरीले निभाएको दमदार प्रस्तुतीको चर्चा चुलिएको छ । ‘‘बधाई हो ’’को कथा आयुष्मान खुरानामा आधारित छ । आफ्नो विवाहको उमेरमा आमा गर्भवती भएपछि कस्तो समस्या आईपर्छ ? भन्ने कथामा आधारित फिल्मले तमाम दर्शकको मन जित्न सफल हुने जनाइएको छ ।

हेर्नुहाेस

 

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank