बाबु बाेगटीले “सिउँदोमा कस्तो सिमाना कोरिछौ ” युट्युबमा ल्याए

आइतवार, माघ १४, २०७४

loading...


काठमाडाैं । चर्चित गायक तथा नायक बाबु बाेगटीले सिउँदाेमा कस्तो सिमाना कोरिछौ नामक आफ्नाे पुरानाे गीत आफ्नाे नीजी युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । १२ वर्ष पहिले बाबुले आफ्नाे दाेस्राे एल्बममा गाएकाे याे गीत गायक तथा नायक यश कुमारले केही समय अगाडी एकदेव लिम्बुलार्इ गाउन लगाएका थिए । एकदेवलार्इ गाउन लगाउँदा याे गीतमा बाबु बाेगटीकाे स्राेत उल्लेख गरिएकाे थिएन । केहि दिन स्राेत नखुलाउँदा विवाद समेत उत्पन्न भएकाे थियाे ।

अहिले एकदेवले गाएकाे याे गितमा बाबुकाे स्राेत उल्लेख भएर आएपछि विवाद साम्य भएकाे छ । दुवै जनाकाे स्वरमा युट्युबमा अाएकाे याे गीत निकै चर्चामा समेत आएकाे छ । बाबुले नेपालपाटी डटकमसँग कुरा गर्दै भने मैले एकदेवले गाएपछि चर्चामा आयाे भनेर डाह गर्दै सार्वजनिक गरेकाे नभर्इ याे गीत मेराे नै हाे है भनेर चिनाउन सार्वजनिक गरेकाे बताएका छन् ।

याे गितमा उनले आफ्नी मायालुले सिउँदाेले मायाकाे सिमाना काेर्दाका बखत आफु उपस्थित हुन नपाएकाे दु:खान्त प्रस्तुत गरेका छन् । भाग्य नभएर हाेला पाउन नसकेकाे भन्दै बहकिदै याे गीत गार्इएकाे छ ।

हेराै‌ं याे  गीतकाे म्युजिक भिडियाे :

1453 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank