गायक देवकोटाकोे असारे गीतको भिडियो सार्वजनिक
मङ्लबार, जेष्ठ २९, २०७५
loading...

काठमाडौं । यस बर्षको नयाँ असारे गीत सार्वजनिक भएको छ । “बर्खा लागेछ” बोलको उक्त गीतमा गायक तथा सर्जक जय देवकोटा र गायिका सन्ध्या बुढाले स्वर भरेका छन् ।
बर्खा लाग्नै लाग्दा बजारमा आएको यस गीतले युटुबमा निकै चर्चा बटुल्न सफल भएको छ । अरु गीतको तुलनामा असारे गीत कमै मात्र बन्ने भएकाले पनि सबैको रोजाइमा यस गीत पर्न सफल भएको हो । गीतमा लय तथा शब्द पनि गायक देबकोटाकै छ । स्टुडियो तरङ्गबाट बजारमा आएको सो गीतमा रमा थपलिया तथा इन्द्र जिसी लगाएतको अभिनय रहेको छ ।
मदन खड्काको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन । लाइभ बाध्यबादक प्रयोग गरेर उक्त भिडियो निर्माण गरिएको छ।
यस्तो छ भिडियो :
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments