कलाकारले कसरी मनाए तीज ?

बुधबार, भदौ २७, २०७५

loading...


भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज भव्यताको साथ मनाइएको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

कलाकारले चाहिँ कसरी मनाए त तीज ?
प्रतिक्षा खड्का

Pratikshya Khadka
तीज कसरी मनाउनुभयो ?
प्राचिनकालदेखि नै चलन अनुसार मैले पनि तीज मनाए । ब्रत बसेँ, नाँचे, मन्दिर गएँ ।

ब्रत किन बस्नुहुन्छ ?
आफुलाई बुझ्ने, नारीलाई सम्मान गर्ने पति पाइयोस भन्नका लागि ब्रत बसेकी हुँ ।

सन्ध्या पौडेल

Sandhya Paudel सन्ध्या पौडेल
तीज कसरी मनाउनुभयो ?
ब्रत बसेँ, मन्दिर गएँ, साथीहरूसँग एकछिन नाँचे ।

ब्रत किन बस्नुहुन्छ ?
आज पहिलो पटक ब्रत बसेको छु । पानी पनि नखाइ ब्रत बसेँ । मलाई त ब्रत बसेर माग्दैमा पाइन्छ भन्ने लाग्दैन । मनको शान्तिको लागि हो ब्रत बस्ने ।

रेजिना भण्डारी

Rejina Bhandari रेजिना भण्डारी
तीज कसरी मनाउनुभयो ?
खासै त्यस्तो केही भएन । ब्रत बसेँ, मन्दिर गए, एकदिन नाचेँ ।

ब्रत किन बस्नुहुन्छ ?
चलिआएको चलन नै हो–विवाहितले पतिको दीर्घायूको कामना गर्ने र अविवाहितले योग्य पति पाइयोस भन्ने कामना गर्ने ।

रञ्जु सुनाम

Ranju Sunam रञ्जु सुनाम
तीज कसरी मनाउनुभयो ?
दिदीबहिनीहरूसँग रमाइलो गरेर तीज मनाएँ । ब्रत बसेँ, मन्दिर गएँ, नाँचे ।

ब्रत किन बस्नुहुन्छ ?

आफ्नो संस्कृति मासिन नदिनको लागि ब्रत बस्छु । हाम्रो संस्कृति लामो समयसम्म कायम होस भनेर मैले पनि फलो गरेकी हुँ ।

तुलसा पहाडी

Tulasa Pahadi तुलसा पहाडी
तीज कसरी मनाउनुभयो ?
कोटेश्वर महादेवको मन्दिरमा गएर पूजा गरे अनि केही बेर केहीबेर मन्दिर परिसरमा नाँचगान गरेर मनाएँ । आफैँलाई रमाइलो लाग्छ अनि मनाउँछु । काम गर्नुपर्छ, इनर्जी पुग्दैन, त्यसैले ब्रत चाहिँ बस्दिनँ । अव साँझ जमत नाचघरमा नाटकको शो छ त्यहाँ जान्छु । त्यहाँ मेरो आफ्नो नाटक चलिरहेको छ ।

शशीकला राई

Shasikala Rai शशीकला राई
तीज कसरी मनाउनुभयो ?
दर खाएर, ब्रत बसेर, नाँचेर यसपालिको तीज मनाइयो ।

ब्रत किन बस्नुहुन्छ ?
आफ्नो पतिको आयु लामो होस र राम्रो पति पाइयोस भनेर ब्रत बस्छु ।

अनिता बस्नेत

Anita Basnet अनिता बस्नेत
तीज कसरी मनाउनुभयो ?
मन्दिर गएँ, ब्रत बसेर, नाँचेर तीज मनाएँ ।

ब्रत किन बस्नुहुन्छ ?
तीज हिन्दु नारीहरूको महान पर्व हो । चलिआएको चलन अनुसार हामीले पनि निरन्तरता दिएका छौँ । ब्रत बस्नु शरीरको लागि पनि राम्रो हो ।

शान्ति पन्थी सुनार

Sarita Panthi Sunar शान्ति पन्थी सुनार
तीज कसरी मनाउनुभयो ?
तीज हिन्दु नारीहरूको महान चाड हो । रमाइलो गर्ने, सुःख, दुःख बाड्ने पहिले देखि चल्दै आएको चलन हो । चेलीहरू माइत जाने साथी संगीहरूसँग रमाइलो गरी तीज मनाइन्छ । मैले त घरमै बसेर टिभीमा हेरेर तीज मनाएँ । ब्रत भने अहिलेसम्म बसेको छैन ।

खिमा सापकोटा

Khima Sapkota खिमा सापकोटा
तीज कसरी मनाउनुभयो ?
रुममै बसेर तीज बनाए । म ब्रत बस्दिनँ । मन्दिर पनि गइनँ ।

सेलिना कुँवर

shelina kunwar सेलिना कुँवर
तीज कसरी मनाउनुभयो ?
मेरो तीज धेरै रमाइलो भयो । परिवार र साथीहरूसँग पशुपति दर्शन गरेँ । नाँच्ने, गाउँने गरेर रमाइलो गरियो ।

ब्रत किन बस्नुहुन्छ ?
ब्रत चलेको चलन हो । आफ्नो मनको शान्तिको लागि र आफ्नो हुनेवाला पतिको लागि भन्नुप¥यो ।

मनु थामी

मुना थामी Manu Thami
तीज कसरी मनाउनुभयो ?
थामीको छोरी हुँ । विशेष त हाम्रो संस्कृति अनुसरा तीज मनाउँदैनौँ । तीजको कार्यक्रममा छु् । तर, ब्रत भने बस्ने गरेको छैन ।

588 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank