ज्यान मार्ने उधोगमा लोकगायक कटुवाल पक्राउ

मङ्लबार, फाल्गुन ६, २०७६

loading...


काठमाडौं । लोक गायक पक्राश कटुवाल  पक्राउ परेका छन् । कटुवाललाई सोमबार राति  ज्यानमार्ने उद्योगमा कटुवाल तनहुँको डुम्म्रेबाट पक्राउ परेका हुन । गत शुक्रबार कार्यक्रमका लागि काठमाडौंबाट पोखरा जाने क्रममा होटल डाँफेमा नास्ता खाएर फर्कने क्रममा बिवाद भएको थियो ।

गुरुङ र कटुवालबीचको बिवादपछि प्रकाशले प्रतिशोध साध्ने हिसाबले रड प्रहार गरि डुम्म्रेस्थित होटल डाँफेका मालिक लालकाजी गुरुङलाई रड प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । गुरुङको छोरीले कटुवाललाई किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विरुद्ध ज्यान मार्ने सम्बन्धी मुद्धा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments