‘हामी यस्तै त हो नि ब्रो’का गायक ‘भिटेन’ पक्राउ

बिहिबार, कार्तिक ७, २०७६

loading...


काठमाडौं । चुरोट नामको गीतबाट चर्चामा आएका र्यापर भिटेन भनिने समिर घिसिङ पक्राउ परेका छन ।  महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले भिटेनलाई विहिबार पक्राउ गरेको हो । उनलाई जावालाखेलबाट पक्राउ परेका हुन ।

‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने खोलको भएपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए। नेपाल प्रहरी संगठनकै बेइज्जती गरेको र असईको पोशाक लगाएर गाँजा तानेको प्रोफाइल तस्विर समेत राखेको अभियोगमा भिटेन महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

गत मंगलबार समाजलाई नकारात्मक प्रभाव पारेको भन्दै गायक दुर्गेश थापा पक्राउ परेका थिए । उनले यूट्युव मार्फत गीत हटाए र गल्ती स्वीकार गरेपछि उनलाई छोडिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata