अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुती चलचित्र ‘काउसो’ को शुभ मुहूर्त सम्पन्न

बिहिबार, बैशाख ७, २०७४

loading...


अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुती चलचित्र ‘काउसोको शुकबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भएको छ  । सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई लगायतका कलाकारले मुहूर्त सर्ट दिएका थिए । उत्त कार्यक्रममा पत्रकारद्धय सानुकाजी श्रेष्ठ क्ल्याप र  राजन घिमिरेले नरिवल फुटाएका थिए भने प्रदिप तिन्सिनाले निर्देशन गरेका थिए ।

मदन घिमिरेको २६ औं निर्देशनको चलचित्र हो यो । कार्यक्रममा बोल्दै मदन घिमिरेले भने, ‘आम मानिसको चाहाना एक पछि अर्को हुन्छ । गाउमा हलो जोतेर बसेको मान्छेलाई शहर पस्न मन लाग्छ पैसा भएको मान्छेलाई क के गर्ने चाहाना हुन्छ । मान्छको मनमा जुन  कौतुहल्ता हुन्छ त्यसैलाई पर्दामा उतार्न आफू लागीपरेको बताए । यो चलचित्र कमेडी बेसको हुने  उत्त कार्यक्रममा खुलाए ।  डिजाईनर सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व नायक एवम निर्माता राजेन्द्र वस्नेतले गरेका थिए ।

यही १५ गतेबाट छायाँकन थालिने निर्माण पक्षले बताएको छ ।  ‘काउसो‘मा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुली आदिको अभिनय रहनेछ । ‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन भने निर्माता भगवान खत्री, पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायाँकन रामेश्वार हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।

374 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank