अर्चना पनेरुको डान्स बार, जहा ग्राहक लोभ्याउन….

शनिबार, मंसिर ११, २०७३

loading...


साइनबोर्डमा ठूलो अक्षरले लेखएिको छ– ‘आऔँ–खाऔँ–पिऔँ–रमाऔँ, अर्चना पनेरुको साथमा ।’ र, राखिएको छ– नग्न तस्बिरहरू सार्वजनिक गरेर एकाएक चर्चामा आएकी अर्चना र उनकी आमा सुनिताको तस्बिर । नयाँ बसपार्कमा रहेको ‘उर्वशी डान्सबार’ बाहिर राखिएको साइनबोर्ड हो यो । शनिवार राति १० बजेतिर त्यहाँ पुग्दा छोटो स्कर्ट लगाएकी अर्चनाको डान्स चलिरहेको थियो । ‘अर्चनाको डान्सबार’ भन्दै त्यहाँ ग्राहकहरूको भीड लाग्दो रहेछ ।

तर, त्यहाँ नाच्ने कसैको नृत्य व्यावसायिक लाग्दैनथ्यो, झारा टार्ने सिवाय । ग्राहकसँग ‘यो किन्दिनू र त्यो किन्दिनू’ भन्दै युवतीहरू उनीहरूको खल्ती रित्याउन तल्लीन देखिन्थे । वैदेशिक रोजगारीमा कतार जान लागेका गुल्मीका विष्णु विक दुई साथीसहित रमाइलो गर्न त्यहाँ आएका रहेछन् । युवतीहरूले सँगै बसेर खाइदिएपछि १७ हजार रुपियाँको बिल निस्किएछ ।

पैसा नभएपछि काउन्टरमा विवाद भइरहेको थियो । त्यत्तिकैमा पाँचजना युवा सँगै बाहिरिए । केही पर पुगेर ती ग्राहकसँग कुरा गर्न खोज्दा थाहा भयो– दुईजना त डान्सबारका मान्छे रहेछन् ।

पैसा उठाउनलाई उनीहरू ग्राहकका पछि लागेका रहेछन् । ‘डान्सबार भनेको त लफडा हुने नै ठाउँ हो,’ आफूलाई डान्सबारका मालिक किशोर बताउने एकजनाले भने, ‘तपाईं रमाइलो गर्ने गरी आउनुहुन्छ भने आउनुस्, रमाइलो गर्नुस् । झगडा गर्ने गरी आउनुहुन्छ भने पनि ठीकै छ, हामी तयार छौँ । यो ठाउँ नै यस्तै हो ।’
शुक्रबारबाट

2172 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank