अन्जु पन्त र वीरेन्द्र श्रेष्ठको आवाजमा पिरिमको बाढी (भिडियो सहित)

मङ्लबार, जेष्ठ २१, २०७६

loading...


काठमाडौं । गायक वीरेन्द्र श्रेष्ठ र गायिका अन्जु पन्तको आवाजमा रहेको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

करिब २ दशकदेखि ईन्जिनियरको क्षेत्रमा आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा महत्वकांक्षी गीतका रुपमा हेरेको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

दिपक शर्माको शब्द सङ्गीत,नरेन्द्र बियोगीको सङ्गीत सम्योजन र श्यामश्वेत रशाईलीको मिक्सिङ मास्टरिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिको नृत्य देख्न सकिन्छ भने भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी अनि बिकाश दाहालको सम्पादन रहेको छ । गाउँले परिबेश भित्र प्रेमी र प्रेमिकाको प्रेममय जीवनलाई बिशेष रुपमा प्रस्तुत गरिएको भिडियोमा नायक दिलिप र सुन्दरी नायिका केकी गज्जबसँग खुलेका छन् ।

हेर्नुहाेस भिडियाे

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata