बलात्कारको घटनामा बोल्दै अमिताभले भने, ‘यो विषयमा चर्चा गर्नै घिन लाग्छ’

बिहिबार, बैशाख ६, २०७५

loading...


काठमाडौं । महिला र बालिकामाथी भइरहेको आपराधिक घटनाका बारेमा भारतीयहरु आक्रोशित भएका छन् । भारतको कठुआ रउन्नावमा भएको बलात्कारका घटनामा धेरै बलिउड सेलिब्रेटिहरुले आफ्नो आक्रोश पोखिरहेका छन् । यो घटनामा बलिउड महानायक अमिताभ बच्चनको प्रतिक्रिया आएको छ ।

फिल्म १०२ नट आउटको गीत रिलिजको अवसरमा ‘छोरी बचाउँ, छोरी पढाउँ’को ब्राण्ड एम्वेसडर समेत रहेका अमिताभ बच्चनलाई अजकल छोरीको साथ भइरहेको यौन उत्पीडनको घटनाले देशलाई आक्रान्त पारेको अवस्थामा यस्तो अपराधका विषयमा तपाई के सोच्नु हुन्छ भनि प्रश्न गरिएको थियो । यसको जबावमा बिग बीले दुःखी हुँदै भने, ‘यो विषयमा चर्चा गर्नपनि मलाई घिन लागेर आउँछ । यस्ता कुरा मलाई नसोध्नु, यस्तो कुरा गर्नु पनि भयावह लाग्छ मलाई ।’

जानकारी दिउँकी अमिताभ प्रधानमन्त्री नरेन्द्र मोदीको योजना ‘छोरी बचाउँ, छोरी पढाउँ’को ब्राण्ड एम्बेसडर छन् । उनी मञ्चहरुमा छोरीको हकको लागि बोल्ने गर्दछन् । उनले समाजमा छोरा र छोरी दुबैलाई समान हकको वकालत गर्दै आएका छन् ।

कठुआ सामुहीक बलात्कारको घटनामा पुरै बलिउड सेलेब्रिटीहरुले प्रतिक्रिया दिएका छन् । केही सेलिब्रेटि पीडितलाई न्याय दिलाउन सडकमा उत्रिएका छन् । अभिनेत्री आलिया भट्टले यो घटनालाई लिएर भनिन्, ‘कठुआ सामुहीक बलात्कार घटना मात्र बलिउडमा नभई देशभरको आक्रोश हो ।’ ‘मानवताको आँखाले हेर्ने हो भने, देशभरमा हरेक ठाउँमा यो बलात्कारको घटनालाई लिएर माािसहरु आक्रोशित छन् । यो धेरै नै पीडादायक र लाजमर्दाे र डरलाग्दो घटना हो ।’
उनले भनिन्, म एक छोरी, एक महिला, एक व्यक्ति र यो समाजको एक अंग भएका कारणले मलाई धेरैनै नराम्रो लागिरहेको छ । जब मैले यो खबर पढें त्यो बेला देखि म यो घटनालाई फलो गरिरहेकी छु । तर पछिल्लो दुई दिनदेखी मैले यो खवरलाई मैले पढ्न छोडिदिए । किनभने मलाई लाग्छ की म जति यो खवर पढ्छु त्यती नै म दुःखी र हताश महशुग गर्छु । ’

228 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank