बुढ्यौलीको दु:ख, अमिताभको ट्वीटमा !

सोमवार, चैत्र १८, २०७५

loading...


नयाँ  दिल्ली । विश्वभरमा सायदै त्यस्ता सिनेमा प्रेमीहरु होलान् जो अभिताभ बच्चनलाई चिन्दैनन् । राजनीतिलाई चटक्कै छोडेर अभिनयमा सम्पूर्ण समय खर्च गरिरहेका त्यस्ता अभिनेता मध्येका एक हुन् जसको उमेर बढ्दै जाँदा चर्चा र ख्याति झनझन् बढ्दै छ  ।

बिग बीको नामबाट ट्विटरमा झुल्किने  कलाकार बच्चनको  बढ्दो उमेरलाई लिएर दु:ख यसरी छचल्किएको छ  । वृद्ध अवस्थालाई लिएर व्यक्त उनको ट्वीट भाइरल भएको छ  । उक्त भाइरल ट्विटमा उनको बढ्दो उमेरलाई लिगेर निराश हुनेहरु उनको फोटो भने ज्यादै आकर्षक भएको कमेन्ट गरिरहेका छन्  ।

ह्घ्झ्झ फ्द्द्फद्फ्ग

अमिताभ बच्चनले आफ्नो ट्विटर हैंडलमा लेखेका छन् ‘ढलती उम्र के साथ एक चीज का अफसोस हमेशा रहता है कि ‘तू’, बुलाने वाले कम होते जाते है.’ यस प्रकारको अमिताभ बच्चनको रमाइलो ट्वीट र ट्वीटको साथ पोस्ट गरिको तस्बिरहरुमा उनी आकर्षक एवं जवान देखिएका छन् ।

फ्हफ्ह्फ्ग

आफ्नो उमेरलाई प्रवाह नगर्ने उनै बच्चनले भर्खरै मात्र ‘बदला’ फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन    गरेको छ । उनको अभिनय सबैले रुचाएका छन् । अमिताभ बच्चन र तापसी पन्नू अभिनित ‘बदला ‘ को लगानीकर्ता बलिउडका बादशाह शाहरुख खान हुन्  । स्रोतको अनुसार अमिताभ यी दिनहरुमा साउथ इन्डियन फिल्मको शूटिंग गरिरहेका छन्, र  यी फोटोहरु सुटिंगको क्रममा खिचिएको जनाइएको छ   ।

७६ वर्षको उमेरमा कुनै जवान भन्दा कम फुर्तिलो नभएको देखाउने बच्चनको दिनचर्या फिल्मको पर्दामा देखिने क्रम घट्नुको साटो बढ्दो छ । आलिया भट्ट र रणबीर कपूरको साथ अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मा उनलाई देख्न पाइनेछ  ।   त्यसबाहेक  उनी  ‘सैराट’ तथा नागराज मंजुलेको ‘झुंड’मा पनि काम गरिरहेका छन्  ।  उनको गेम शो ‘कौन बनेगा करोड़पति’को अर्को सिजन पनि  चाडै नै आउने खबर बाहिरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata