चेहरेमा अमिताभको नयाँ लुक्स

बिहिबार, जेष्ठ २, २०७६

loading...


एजेन्सी । विश्वभरमा सायदै त्यस्ता सिनेमा प्रेमीहरु होलान् जो अभिताभ बच्चनलाई चिन्दैनन् । बलिवुड नायक बच्चनको भर्सटायल अभिनयको फ्यान धेरै छन् । राजनीतिलाई चटक्कै छोडेर अभिनयमा सम्पूर्ण समय खर्च गरिरहेका त्यस्ता अभिनेता मध्येका एक हुन् जसको उमेर बढ्दै जाँदा चर्चा र ख्याति झनझन् बढ्दै छ ।

उमेर पाको भएपनि उनले अभिनयमा विविधता भने छाडेका छैनन् । उनै, अमिताभले अभिनय गरेको चलचित्र ‘बद्ला’ बक्स अफिसमा सुपरहिट भयो । अहिले, उनी नयाँ चलचित्र ‘चेहरे’को छायांकनमा व्यस्त छन् । थ्रिलर जनरामा निर्माण भइरहेको यो चलचित्रमा इम्रान हाश्मीको पनि मुख्य भूमिका छ ।

amitabh bachchan new look CHEHAREको लागि तस्बिर परिणाम

अभिताभ बच्चनले चलचित्र छायांकन चलिरहँदा आफ्नो लुक्स सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा तस्विर पोस्ट गर्दै आफ्नो लुक्स सार्वजनिक गरेका हुन् । जहाँ अभिताभ बच्चन फरक अवतारमा देखिएका छन् ।

लामो अनि फुलेको दारीमा अभिताभलाई निकै सुहाएको छ । उनले लागाएको चस्मा र टोपीबाट पनि क्यारेक्टरलाई प्रस्टाउन खोजिएको छ ।

Amitabh Bachchan को फोटो।

अमिताभले अभिनय गरेका सानो बजेटका चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन् । यसैले पनि अमिताभ मल्टिस्टारर चलचित्र भन्दा पनि राम्रो कथाका चलचित्रमा अभिनय गरिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata