आमिर खानको पोष्टर रिलिज

सोमवार, अशोज ८, २०७५

loading...


नयाँ दिल्ली । बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा आमिर खानको भुमिकाको पोष्टर सार्वजनिक गरिएको छ ।  उक्त फिल्ममा आमिर खान फिरंगीको भुमिकामा देखीएका छन् । मोसन पोष्टरको अनुसार आमिर खान मनमौजी देखिन्छन् । उनी सेतो घोडामा सवार रहेका छन् ।

ज्याकेट, टोपी र रंगिन चस्मा पहिरेका छन् ।  दारी र जुँगामा सजिएका उनी कसैलाई सलाम ठोकिरहेका देखिन्छन् । फिरंगीको फोटो जारी गर्दै आमिर खानले आफुलाई यस धर्तीको सबै भन्दा राम्रो मानिस बताए ।

आफ्नो पोष्टर भन्दा अघि जारी गरिएका अन्य पात्रको पोष्टर सेयर गर्दै आमिर खान लेख्छन् ‘‘और ये है हम, फिरंगी मल्लाह …….हम से ज्यादा नेक इन्सान इस धर्ती पर कहीं नहीं मिलेगा आपको । सच्चाई तो हमारा दुसरा नाम है और भरोसा हमारा काम है । दादी कसम’’ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank